आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

ओली गुट दक्षिणपन्थी अवसरको दलदलभित्र पस्यो : झलनाथ खनाल

बिहीबार, ०९ भदौ २०७९, १४ : ३२
बिहीबार, ०९ भदौ २०७९

नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले केपी ओलीको दक्षिणपन्थी अवसरवाद र उनको नेतृत्व विरुद्ध विद्रोह गर्ने आँट गर्नु महत्वपुर्ण रहेको टिप्पणी गरेका छन् । बिहीबार पार्टी पुनर्गठन दिवस कार्यक्रममा बोल्दै उनले ओलीले दक्षिणपन्थी अवसरवादी नीति लिएकाले विद्रोह गरेर पार्टी निर्माण गर्नुपरेको समेत बताए । 

‘हामीले नेकपा एमालेको ओली गुट दक्षिणपन्थी अवसरवादी नीति कार्यदिशा विचार विरुद्ध विद्रोह गरेको एक वर्ष भएको छ । ओली गुट दक्षिणपन्थी अवसरको दलदलभित्र पस्दै गयो । त्यसैले विद्रोह गर्नुपर्यो’, खनालले पार्टी पुनर्गठनबारे प्रस्ट्याए । 

अहिले पनि थुप्रै साथीहरू विद्रोह गरेर आउने क्रम जारी रहेको भन्दै उनले आफ्नो पार्टीले समाजवादी क्रान्ति र रुपान्तरणलाई ध्यानमा राखेर अघि बढ्नुपर्ने बताए । नेता खनालले दक्षिणपन्थी अवसरवादलाई वैचारिक राजनीतिक, सैद्धान्तिक, दार्शनिक र सांगठनिक रुपले खण्डन गर्नसक्नुपर्ने पनि बताए ।

 ‘कम्युनिस्ट आन्दोलनलाई दक्षिणपन्थी अवसरवादका सम्पूर्ण तुषबाट मुक्त गर्नसक्नुपर्छ । तबमात्र हाम्रो पार्टीको क्रान्तिकारी दिशा नीति र सिद्धान्तलाई स्थापित गर्न सकिन्छ’, नेता खनालले लिखित भनाई राख्दै भने ।  उनले पार्टी निर्माणका कार्ययोजनाहरु स्पस्ट ढंगले अघि बढाउनुपर्ने भन्दै त्यसका लागि कमिटी प्रणाली बलियो बनाउने कुरामा ध्यान दिनुपर्ने बताए । 

नेता खनालले आम निर्वाचन राष्ट्रव्यापी राजनीतिक अभियान भएको भन्दै आम जनतालाई साथमा लिएर पार्टीको संगठनात्मक संरचना विस्तार र सञ्चालन गर्नुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप