महानगरले अनधिकृत संरचना भत्काउन लागेपछि उद्योग वाणिज्य संघले बोलायो बैठक
बिहीबार, ०९ भदौ २०७९, १४ : २३

काठमाडौं महानगरपालिकाले धमाधम अनधिकृत संरचना भत्काउन थालेपछि काठमाडौं उद्योग वाणिज्य संघले बैठक बोलाएको छ । संघका अध्यक्ष दिनेश श्रेष्ठले पदाधिकारीहरूलाई छलफलका लागि बोलाइएको रातोपाटीसँग बताए ।
उनले घरबेटी र महानगरको द्वन्द्वमा साना व्यवसायीहरूलाई मर्का परेको बताए । ‘साना व्यवसायीको बिचल्ली भयो । व्यवसाय दर्ता पनि गर्ने र कर तिरेर बसेका संरचना भत्काउँदै बिचल्ली पार्न पाइन्छ,’ श्रेष्ठले भने, ‘संघको पदाधिकारी बैठक बोलाइएको छ । साथीहरूले के भन्छन् ।’
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष समेत रहेका श्रेष्ठले कानूनीरूपमा पार्किङका लागि भनेर बनाइएका संरचनामा व्यापार गर्न पाउने–नपाउने व्यवस्था स्पष्ट नभएको समेत बताए । उनले साना व्यवसायीको बिचल्ली भएकाले त्यसबारे छलफल गर्नका लागि बैठक बोलाइएको जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
च्याम्पियन्स लिग : इटालीको इन्टर मिलान सेमीफाइनलमा, अबको भिडन्त बार्सिलोनासँग
-
आर्सनल च्याम्पियन्स लिगको सेमीफाइनलमा, घेलु मैदानमा पनि हार्यो रियाल मड्रिड
-
प्रिमियर लिगको तेस्रो स्थानमा उक्लियो न्यूक्यासल
-
टेण्डर भएको तीन वर्षमा पनि निर्माण नभएपछि सडकमै रोपियो केराका बोट
-
आईपीएल : गुजरातलाई उछिन्दै शीर्ष स्थानमा उक्लियो दिल्ली
-
झापा भद्रपुरको राजस्व कार्यालयले नौ महिनामा गर्यो दुई अर्बबढी सङ्कलन