‘प्रेम गीत ३’ को ‘मायाको गाउँ’ गीत : नेपाली र हिन्दी दुई भाषामा
दशैंको छेको पारेर असोज ७ बाट नेपाल र भारत एकसाथ प्रदर्शन हुन लागेको फिल्म ‘प्रेम गीत ३’ को नयाँ गीत ‘मायाको गाउँ’ सार्वजनिक भएको छ । रोमान्टिक शैलीमा तयार गीतमा प्रताप दासको स्वर, सरोज पोखरेलको संगीत र विष्णु भण्डारीको शब्द छ ।
गीतको भिडियोमा अभिनेता प्रदीप खड्का र अभिनेत्री क्रिस्टिना गुरुङको प्रेम समेटिएको छ । गीत निर्माण टिमले हिन्दी भर्सनमा पनि रिलिज गरेको छ । ‘मायाको गाउँ’ गीतकै दृश्य समेटिएको हिन्दी भर्सनको ‘कोइ न कोइ नाता हैं’ बोल राखिएको छ । भारतीय गायक जुबिन नौटियालको गीतमा स्वर छ । पवनदीप राजनको कम्पोज रहेको गीतमा रुबी फुलारा र सुभाष कालेले शब्द कोरेका हुन् ।
स्वर्गीय छेतेन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गरेको फिल्ममा प्रदीप र क्रिस्टिनाका अलावाशिव श्रेष्ठ, अनुभव रेग्मी, सम्बृद्धि शाही ठकुरी, सुनिल थापा, मनिष राउत, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, जीवन भट्टराई, योगिशा खत्री, राज थापालगायतका कलाकारहरुको अभिनय छ । हिन्दी भाषामा समेत डब गरिएको फिल्मका छायांकार राजेश श्रेष्ठ हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षा बाधक बनेपछि अनिर्णित रुपमा सकियो नेपाल र श्रीलंकाबिचको खेल
-
राज्यका निकायहरूमा समानुपातिक समावेशीकरणका लागि स्पष्ट कानुन आवश्यक : न्यायाधीश मल्ल
-
विधेयक संशोधनमा प्रधानमन्त्रीको हस्तक्षेप छैन : सभापति खतिवडा
-
कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई दियो ११९ रनको लक्ष्य
-
कुर्था–जनकपुर–जयनगर रेल्वे सञ्चालनसँगै सर्वसाधारण लाभान्वित (तस्बिरहरु)
-
वन क्षेत्रको दिगो, वैज्ञानिक र प्रभावकारी ढंगले उपयोगमा जोड