सोमबार, ०१ पुस २०८१
ताजा लोकप्रिय

समाजवादी युवा संघको अध्यक्षमा हेमन्त राई

बिहीबार, ०९ भदौ २०७९, १४ : ०१
बिहीबार, ०९ भदौ २०७९

जनता समाजवादी पार्टी नेपालको भ्रातृ संगठन समाजवादी युवा संघको केन्द्रीय अध्यक्षमा हेमन्त राई चयन भएका छन् । जनकपुर र काठमाडौंमा गरी दुई चरणमा सम्पन्न राष्ट्रिय भेलाले संघको नयाँ नेतृत्वमा राईलाई चयन गरेको हो ।
यसअघि सो भेलाले संघको नेतृत्वमा जसपाका केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य योगेन्द्रराय यादवलाई जिम्मेवारी दिएका थियो ।

तर संगठनमा उमेर हद तोकिएपछि उनले सो पद छाडेका हुन् । भेलाले समाजवादी युवा संघ, नेपालका अध्यक्ष पदका लागि अधिकतम  ४० वर्षसम्मको उमेर हद तोकेको छ । संघको बैठकले सो निर्णय पारित गरेकाले आफूले सो पद छाडेर राईलाई हस्तान्तरण गरेको यादवले बताए । राई यसअघि संघका वरिष्ठ उपाध्यक्ष थिए ।

संघको केन्द्रीय अध्यक्ष भएका राई विभिन्न सामाजिक संस्थामा पनि आबद्ध छन् । हाल उनी आदिवासी जनजाति युवा महासंघका केन्द्रीय अध्यक्ष, किरात राई यायोक्खाको केन्द्रीय सचिव तथा शैक्षिक विभाग प्रमुख र एसिया प्यासिफिक युथ प्लेटफर्ममा उपाध्यक्षको भूमिकामा छन् ।

संघको सातवटै प्रदेश र क्षेत्र समेटेर २५ सदस्यीय केन्द्रीय पदाधिकारीसहित ६१ सदस्यीय केन्द्रीय कार्यसमिति निर्माण गरिएको छ । संघको वरिष्ठ उपाध्यक्षमा सञ्जिवकुमार यादव, निरज प्रधान, जितेन्द्र महरा तथा उपाध्यक्षमा असलम खान, श्याम शिल्पकार, दिनेश पटेल, शिवराम यादव र मुकेश कुसवाह चयन भएका छन् ।

त्यस्तै, दिलिप पटेल महासचिवमा चुनिएका छन् भने उप–महासचिवमा आतिशकुमार सिंह यादव, रेणु सिंह, रंजित गोस्वामी, अशोक मण्डल र सरोज यादव चयन भएका छन् । संघको कोषाध्यक्षमा मनकला लिम्बु चयन भएकी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप