बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

महंगा फोन आयातमा प्रतिबन्धपछि घट्यो स्मार्टफोनको आयात

बिहीबार, ०९ भदौ २०७९, १३ : १९
बिहीबार, ०९ भदौ २०७९

चालू आर्थिक वर्ष २०७९/८० को पहिलो महिना (साउन)मा स्मार्टफोनको आयात ५० प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालू वर्षको साउन महिनामा २ अर्ब २५ करोडले आयात घटेको हो । भन्सार विभागका अनुसार चालू वर्षको साउन महिनामा विदेशबाट २ अर्ब ५७ करोड ४३ लाख रुपैयाँको स्मार्टफोन आयात भएको छ ।

जुन, गत आर्थिक वर्षको सोही अवधिमा ४ अर्ब ८२ करोड ६७ लाख रुपैयाँको आयात भएको थियो । सरकारले ३०० डलरभन्दा महंगा स्मार्टफोन भित्र्याउन नपाउने गरी प्रतिबन्ध लगाएपछि आयात घटेको हो । चालू वर्षमा विदेशबाट १ लाख ७६ हजार थान मोबाइल आयात भएको छ । गत वर्षको यही अवधिमा ६ लाख ६७ हजारभन्दा बढी थान मोबाइल आयात भएको थियो ।

सरकारले खासगरी, विदेशी मुद्राको सञ्चिति खुम्चिएको भन्दै स्मार्टफोन सहित अन्य वस्तुको आयातमा प्रतिबन्ध लगाएको छ । जसमा १५० सिसी माथिका मोटरसाइकल, डिजेल–पेट्रोल (अत्यावश्यक बाहेक) सवारी साधन लगायतको आयात प्रतिबन्ध लगाएको छ । यस्तै, कुरकुरे, कुरमुरे, विदेशी ब्रान्डका मदिरा लगायतको समेत आयात प्रतिबन्ध छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप