शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कृष्णा अभिषेकले ‘द कपिल शर्मा शो’ छोडेपछि रिसाए हास्यकलाकार : भने, ‘के गर्छौ ? बी–सी ग्रेड फिल्म ?’

बिहीबार, ०९ भदौ २०७९, १३ : १०
बिहीबार, ०९ भदौ २०७९

जबदेखि हास्यकलाकार कृष्णा अभिषेक ‘द कपिल शर्मा’ को नयाँ सिजन नदेखिने खबर सार्वजनिक भएको छ, सबैजना अचम्मित भएका छन् । भारतीय हास्यकलाकार सुनिल पाललाई पनि कृष्णा अभिषेकको यो निर्णय मन परेन । कृष्णाले यति ठूलो शो किन छोडे भनेर सुनिल पालले बुझ्न सकेनन् त्यसैले उनले कृष्णामाथि कटाक्ष गरेका छन् ।

सुनिल पालले के भने ?

सुनिल पालले इन्स्टामा एउटा भिडियो सेयर गरेका छन् जसमा उनले कृष्णा अभिषेकको एग्जिटमाथि प्रतिक्रिया दिएका छन् । सुनिल पाल भिडियोमा भन्छन्, ‘कपिल शर्मा शोबाट कृष्णा अभिषेक बाहिरिएको भन्ने खबर सुनेको छु । मानिसहरुले किन यस्तो गर्छन् ? कपिल शर्मा शो निकै राम्रो चलिरहेको छ । तपाईंले राम्रो काम पाइरहनुभएको छ । पैसा पनि बाहिरभन्दा सय गुणा बढी पाइन्छ । बाहिर गएर के गर्ने ? त्यति सानो तिनो सिरियल ? यता उताका केही बी–सी ग्रेडका फिल्म ?’

‘यिनीहरुलाई के हुन्छ ? कपिल शर्माले मञ्च दिए, नाम दिए, पैसा दिए र मानिसहरुले उनैलाई छोडेर जान्छन् । उसको त के नै बिग्रन्छ र ? उनी दिनदिनै अघि बढिरहेका छन् । असाध्यै नाम र पैसा कमाइरहेका छन् । अल द बेस्ट, जाऊ, बाहिर जाउ, के गरेर देखाउन सक्छौ देखाउ ।’

सुनिल पालको यस्तो प्रतिक्रियामा हालसम्म कृष्णा अभिषेकको कुनै प्रतिक्रिया आएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप