एमाले बैठकमा घनश्यामको फरक मत : पार्टी फुट्दा १५० स्थानीय तह गुम्यो

नेकपा एमालेका नेता घनश्याम भुसालले नेकपा विभाजनका कारण १५० सिट गुमाउनुपरेको बताएका छन् । पार्टी स्थायी कमिटी बैठकमा फरक मत राख्दै नेता भुसालले यस्तो हिसाव राखेका हुन् । ‘कम्तिमा १५० स्थानीय तह कम्युनिष्ट पार्टीको विभाजनका कारणले गुमेका छन् । त्यो क्षति हामी बाँचेका सबै कम्युनिष्टको नालायकी हो । फेरि निर्वाचन आउँदैछ’, भुसालले राखेको चार पेज लामो फरक मतमा भनिएको छ ।
त्यस्तै मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि वाममोर्चा बनाउन जोड गरेका छन् । भुसालले भनेका छन्, ‘स्थानीय तहको परिणामका आधारमा हेर्दा वाममोर्चा बनेको अवस्थामा संघीय संसदको निर्वाचनमा प्रत्यक्ष तर्फका १६५ सिटमा करिब १५० सिटसम्म ल्याउन सक्ने देखिन्छ । त्यसको अर्थ संसदमा दुई तिहाइभन्दा बढी हो । वाममोर्चा नबन्दा कम्युनिष्ट पार्टीले गुमाउने कुरा छर्लङ्ग छ ।’
साथै उनले नेकपाको विभाजन कम्युनिष्ट पार्टीका विरुद्ध भयानक कारणका रुपमा प्रयोग भएको तथा विभाजन मुलुकको लोकतान्त्रिक स्थिरता, राष्ट्रिय हित र स्वाधिनताको रक्षाका साथै समृद्धिका विरुद्ध पनि प्रयोग भएको बताएका छन् ।
‘आज हामी निर्वाचनको सम्मुख छौँ । हामीले के बुझ्नुपर्छ भने केवल निर्वाचनले मात्रै अहिले देखापरेका सङ्कटको समाधान हुँदैन । दलाल पुँजीवादको ठाउँमा राष्ट्रिय पुँजीको विकास गर्ने कार्यक्रमका साथ कम्युनिष्ट पार्टीको बहुमतले मात्रै गुमेको अवसरलाई फर्काउन सक्छ । यो दायित्व सबै कम्युनिष्टहरुको काँधमा आएको छ । अर्थात्, सबै कम्युनिष्ट पार्टीहरू एक ठाउँमा उभिनु आजको सबैभन्दा ठूलो कार्यभार हो’, भुसालले सबै कम्युनिस्ट पार्टी एक हुनुपर्नेमा जोड समेत दिएका छन् ।
उनले एमालेको नेतृत्वमा मात्रै त्यस्तो मोर्चा बन्न सक्ने दावी समेत गरेका छन् । ‘के पनि अकाट्य छ भने नेकपा एमालेको नेतृत्वमा मात्रै त्यस्तो मोर्चा वा एकता बन्नसक्छ, र नेकपा एमालेले नै यसको पहलकदमी पनि लिनुपर्छ’, नेता भुसालको भनाइ छ । भुसालले आफ्नो फरक मत पोलिटब्युरो र केन्द्रीय कमिटीमा समेत लैजाने तयारी गरेको उनी निकट नेताहरुको भनाइ छ ।
यस्तो छ भुसालको फरक मत
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति वरपर मासु र मदिरा निषेध
-
सुशासन र समृद्धिको यात्रामा साथ दिन कर्मचारीलाई प्रधानमन्त्रीको आग्रह
-
होरा इस्पोर्ट्स बन्यो पब्जी मोबाइल च्याम्पियन
-
बागमती सरकार : मुख्यमन्त्रीका नजरमा कसले गरे राम्रो काम ?
-
पहिलो हाफमा रोमाञ्चक बराबरी : दुईपटक नेपालको कम्ब्याक
-
पाकिस्तानद्वारा भारतसामु जितका लागि २ सय ४२ रनको लक्ष्य प्रस्तुत