शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

सिरियामा रकेट आक्रमण : ३ अमेरिकी सैनिक घाइते

बिहीबार, ०९ भदौ २०७९, १२ : ३१
बिहीबार, ०९ भदौ २०७९

रकेट हमलामा  सिरियामा तीन अमेरिकी सेना घाइते भएका छन् । अमेरिकाले आक्रमणको हेलिकप्टरबाट हमला गरेर  जवाफ दिएको अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) ले विज्ञप्ति मार्फत जनाएको छ।

मिसन सपोर्ट साइट कोनोकोमा एक सैनिक सामान्य चोटपटक लागेको छ। अन्य दुई जनालाई भने सामान्य चोटपटक लागेको छ  । संदिग्ध इरान समर्थित लडाकुहरुले बुधबार साँझ उत्तरपूर्वी सिरियाको कोनोको र ग्रीन गाउँमा अमेरिकी सेनाहरू बस्ने दुईवटा अमेरिकी  बेसमा रकेटहरू प्रहार गरेका थिए।

अमेरिकी सेनाले भने सो आक्रमणको हेलिकप्टर प्रयोग गर्दै जवाफ दिएको छ र प्रक्षेपणमा प्रयोग गरिने तीनवटा गाडी र उपकरणहरू नष्ट गरेको बताएको छ । आक्रमणबारे अनुसन्धान भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप