कार्यदललाई छिट्टै विस्तृत प्रतिवेदन ल्याउन शीर्ष नेताको निर्देशन

सत्ता गठबन्धनका शीर्ष नेताहरुले प्रतिनिधि र प्रदेशसभा निर्वाचन क्षेत्रको विस्तृत प्रतिवेदन बनाएर ल्याउन कार्यदललाई निर्देशन दिएका छन् ।
बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा पाँद दलका शीर्ष नेताले कार्यदलका सदस्यलाई उक्त निर्देशन दिएको सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले रातोपाटीलाई बताए ।
उनले भने, ‘गृहकार्य गरेर कार्यदललाई छिट्टै विस्तृत प्रतिवेदन नेतृत्व तहमा बुझाउन निर्देशन भएको छ ।’ त्यसका लागि कार्यदलको बैठक ४ बजे बस्ने उनले बताए । साउन २२ गतेयता कार्यदलमा पटक पटक छलफल हुँदा पनि सहमति नभएपछि शीर्ष तहमा छलफल भएको थियो ।
शीर्ष नेताबीचको छलफलले पनि सिट बाँडफाँटको टुंगो लगाउन नसकेपछि कार्यदललाई विस्तृत विवरण पेस गर्न भनिएको छ । कार्यदलमा १६५ सिटमा कांग्रेसले ८५–९०, माओवादीले ४०–४५, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले १२–१५ को वरिपरि सिट पाउने गरी कार्यदलमा छलफल चलिरहेको नेताहरु बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूकम्पपछि अस्थायी आश्रयस्थलमा राखिएको सेतो मछिन्द्रनाथको मूर्ति पुनःस्थापना (तस्बिरहरु)
-
हिउँदै बाली भित्र्याउँदा यी विषयमा ध्यान दिन आग्रह
-
९ अर्ब ५५ करोड नाफामा नेपाल आयल निगम
-
कोशी प्रदेश मन्त्रिपरिषद् बैठक : यस्ता छन् निर्णय
-
पर्यटक लक्षित गर्दै भारतीय सवारीमा स्टिकर टाँस अभियान सुरु
-
१० बजे १० समाचार : तीनकुनेका ‘कमाण्डर’ हिरासतमा, ज्ञानेन्द्रलाई समितिमा बोलाउन प्रस्ताव