माओवादीले माग्यो केन्द्रीय सदस्यहरुको सम्पत्ति विवरण
नेकपा माओवादी केन्द्रले केन्द्रीय सदस्यहरुको सम्पत्ति विवरण माग गरेको छ । पार्टी केन्द्रीय कार्यालयले सदस्यहरुलाई पत्राचार नै गरेर एक साताभित्र सम्पत्ति विवरण पठाउन सूचित गरेको हो । ‘राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ५३ को प्रयोजनको लागि पार्टी केन्द्रीय सदस्यहरुले आफ्नो चल अचल सम्पत्तिको विवरण पार्टी केन्द्रीय कार्यालयमा खाम बन्दी गरी हप्ता दिन पठाई दिनु हुन निर्देशन अनुसार अनुरोध छ’, केन्द्रीय कार्यालयले भनेको छ।
सम्पत्ति विवरणमा केन्द्रीय सदस्यको सम्पूर्ण विवरणसहित घर तथा जग्गा धनीको नाम कित्ता नम्बर, बर्गमिटर, प्राप्तिको स्रोत, खरिद गरेको भए खरिद मूल्य खुलाउन भनिएको छ । यस्तै नगद, सुन, चाँदी, हिरा, जवाहरातको परिणाम प्राप्त मिति र स्रोत पनि खुलाउन भनिएको छ ।
यस्तै बैंक खाताको विवरण, धितोपत्र, शेयर वा ऋणपत्रको विवरण, ऋण लेनदेनको अवस्था लगायतको विवरण खुलाउन भनिएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।
माओवादीको हालै सम्पन्न स्थायी समिति बैठकले नेताहरुको सम्पत्ति विवरण माग गर्ने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण