सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

भन्सार छलेर ल्याएका ३ ट्रक सामान थानकोटबाट बरामद

बिहीबार, ०९ भदौ २०७९, ११ : ५९
बिहीबार, ०९ भदौ २०७९

भन्सार छलेर वीरगञ्जबाट काठमाडौं ल्याएको सामान प्रहरीले बरामद गरेको छ । काठमाडौंको चन्द्रागिरी नगरपालिका–४ स्थित त्रिभुवन पार्कबाट ३ ट्रक सामान बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए । 

भन्सार छलेर ल्याएका कपडा, किराना सामग्री, स्टेशनरी र मोटरसाइकलका पाटपुर्जा र भाँडा वर्तन बरामद गरिएको छ । बरामद गरिएको सामान राजस्व अनुसन्धान विभागमा पठाइएको एसपी मैनालीले जानकारी दिए ।सो सामान ना.६ ख. ८९ नम्बरको ट्रक, ना.६ ख. ७१ नम्बर र ना.७ ख. ९३२ नम्बरको ट्रकमा लोड गरेर वीरगञ्जबाट काठमाडौं ल्याइएको थियो । ट्रक चालक र सहचालकलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप