बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

रोमा यसरी बनिन् साउथकी हिट अभिनेत्री

बिहीबार, ०९ भदौ २०७९, ११ : ५४
बिहीबार, ०९ भदौ २०७९

साउथ (दक्षिण भारतीय) अभिनेत्री रोमा असरानी आज (२५ अगस्ट) मा आफ्नो जन्मदिन सेलिब्रेसन गर्दैछिन् । धेरै जसो मलयालम फिल्म अभिनय गरेकी रोमाले विज्ञापनबाट अभिनयमा डेब्यु गरेकी हुन् ।  रोमा नोटबुक र चकलेट जस्ता मलयालम फिल्मबाट परिचित बनेकी थिइन् । फिल्मले उनलाई फिल्मफेयर अवार्ड पनि दिलाएको थियो ।

रोमाको जन्म सन् १९८४ मा तमिलनाडुको त्रिची जिल्लामा भएको थियो । यद्यपि जानकारी अनुसार उनी सोझो परिवारको सदस्य हुन् । उनका आमाबुवा मूलतः दिल्लीका हुन् । तर पछि उनी चेन्नई सरिन्  । रोमाका बुबाको नाम मुरलीधर असरानी हो । उनको चेन्नईमा गहना पसल छ ।

रोमा असरानीले सानै उमेरमा मोडलको रूपमा आफ्नो करियर सुरु गरेकी थिइन् । धेरै विज्ञापनमा काम गरेपछि उनी २००५ मा उनले तेलुगु फिल्म ‘मिस्टर एर्राबाबु’ पाएकी थिइन् । त्यसपछि उनी तमिल फिल्म ‘कधले एन कधले’ मा देखा परिन् । त्यही समयमा अभिनेत्रीलाई मलयालम फिल्म ‘नोटबुक’ हात पर्यो । यो फिल्म एकदमै हिट साबित भयो । फिल्मबाट उनले दर्शक र समीक्षकहरूमा आफ्नो छाप छाडिन् ।

अभिनेत्रीले नोटबुकपछि मलयालम फिल्म २००७ चकलेटमा काम गरिन् । जहाँबाट उनी थप चर्चित भइन् । उनले ट्राफिक, ग्रान्डमास्टर र बम १२ मार्चजस्ता उत्कृष्ट फिल्मबाहेक २० भन्दा बढी फिल्ममा काम गरिसकेकी छिन् । फिल्म नोटबुकको लागि सर्वश्रेष्ठ सहायक अभिनेत्रीको रुपमा उनले फिल्मफेयर पुरस्कार प्राप्त गरेकी थिइन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप