आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

कांग्रेस नेता विमलेन्द्र निधि दिल्ली प्रस्थान

बिहीबार, ०९ भदौ २०७९, ११ : ०९
बिहीबार, ०९ भदौ २०७९

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि भारतको राजधानी दिल्ली प्रस्थान गरेका छन् । बिहीबार विहान कांग्रेस पूर्व उपसभापति निधि एक साताका लागि भारत प्रस्थान गरेका हुन् । उनी भारतबाट फर्किएको एक महिना नपुग्दै पुनः भ्रमणमा निस्किएका छन् । उनी भदौ १५ गते स्वदेश फर्किने छन् ।

साउन २२ गतेमात्र नेपाल फर्किएका उनी भदौ ९ गते फेरि भारत लागेका छन् । साउनमा भएको भारत भ्रमणका क्रममा निधिले अयोध्यामा निर्माण हुने राम मन्दिरमा रामको धनुष राख्ने प्रस्ताव गरेका थिए । यो प्रस्ताव राममन्दिर पुनर्निर्माण समितिले विदेश मन्त्रालयमा पठाएकाले छलफलका लागि उनी भारत गएको बुझिएको छ ।

निधिले जनकपुर र अयोध्याबीच धार्मिक, सांस्कृतिक र कूटनीतिक सम्बन्ध विस्तारका लागि पहल गरिरहेको छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप