सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

११ भदौबाट ‘स्ड्याण्ड अप कमेडी टुर कलेज तिर’ आयोजना हुने

बिहीबार, ०९ भदौ २०७९, १० : ५०
बिहीबार, ०९ भदौ २०७९

११ भदौबाट अल नेपाल ‘स्ड्याण्ड अप कमेडी टुर कलेज तिर’ आयोजना हुने भएको छ । डिजिटल वालेट खल्तीको मुख्य प्रायोजन तथा मिम नेपालको आयोजना रहेको टुर बिर्तामोडबाट सुरु हुँदैछ ।  बिर्तामोडपछि विराटनगर, भरतपुर, हेटौंडा, पोखरा, बुटवल हुँदै काठमाडाैंका विभिन्न कलेजहरुमा ‘स्ड्याण्ड अप कमेडी टुर कलेज तिर’ टुर आयोजना हुने कार्यक्रम संयोजक सरोज लम्सालले जानकारी दिए ।

टुरमा कमेडी च्याम्पियन विजेता हिमेस पन्त, झापाली कमेडियन भनेर चर्चित सरोज भन्डारी, डोरेस खतिवडा , सुजन जिम्बा  लगायतका कमेडियनहरुको सहभागिता रहनेछ । पहिलोपटक यसरी आयोजना हुन लागेको टुरमा दर्शकको  उत्साहजनक सहभागिता हुने अपेक्षा आयोजकले गरेको छ ।

दर्शकले ४ फरक कमेडी गर्ने कमेडियनका प्रस्तुति टुरमा हेर्न पाउनेछन् । कमेडी च्याम्पियन जिते पछि आफ्नो पहिलो टुर भएको हुनाले आफू पनि निकै उत्साही भएको हिमेस पन्तले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप