एनएलजी इन्स्योरेन्स र ई–बीमाबीच सम्झौता
डिजिटल बीमा सेवा प्रदायक ई–बीमा र एनएलजी इन्स्योरेन्स कम्पनीबीच एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । ई–बीमाको यो पहिलो व्यावसायिक सम्झौता भएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सम्झौता अनुसार ई–बीमाको प्लेटफर्म मार्फत अनलाइनबाट नै ई–बीमा खरिद गर्न सकिनेछ । सम्झौता पत्रमा ई–बीमाको तर्फबाट प्रबन्ध निर्देशक रोशन ज्ञवाली र एनएलजीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले हस्ताक्षर गरे ।
हस्ताक्षरित सम्झौता आदानप्रदान गर्दै निर्देशक ज्ञवालीले एनएलजी इन्स्योरेन्ससँगको पछिल्लो सहकार्यले नेपाली बीमा बजारमा डिजिटल प्लेटफर्मको महत्वलाई उजागर गरेको बताउँदै जनतामा बीमा नीति डिजिटलीकरणको आवश्यकता बढ्दै गएको उल्लेख गरे ।
यस्तै एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पन्तले जनतामा बीमा नीतिहरूका लागि डिजिटलाइजेसनको आवश्यकता बताउँदै ई–बीमासँग गरिएको यो सम्झौतापछि बजारको त्यस्तो आवश्यकता पूरा हुने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन महिनामा शिवम् सिमेन्टले कमायो १ करोड २७ लाख नाफा
-
शिक्षामन्त्री भट्टराई र विकास साझेदारहरूबीच शिष्टाचार भेट
-
दुर्गा प्रसाईंको रिट खारेज गर्ने सर्वोच्च अदालतको फैसला
-
‘कार्साङ’को हिरो दयाहाङ कि जितु ?
-
अभियानको म्याद थप्ने तयारीमा जसपा नेपाल
-
सौर्य एयरलाइन्स दुर्घटना : पीडितले दिए संसदीय समितिमा उजुरी