नक्कली ब्ल्याक लेबल र रेड लेबल मदिरा बनाउने कारखानामा प्रहरीको छापा
आयातित मदिरा डबल ब्ल्याक, ब्ल्याक लेबल र रेड लेबल डुब्लिकेट (नक्कली) बनाउने कारखानामा प्रहरीले छापा मारेको छ । भक्तपुरको दुवाकोटमा संचालित कारखानामा छापा मारेर उल्लेख्य परिमाणमा नक्कली मदिरा बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरत बोहराले रातोपाटीलाई बताए ।
दोलखाको भीमेश्वर घर भएका भगवान बस्नेतसहित दुई जनाले चलाएको कारखानाबाट प्रहरीले ठुलो परिमाणमा ब्ल्याक, डबल ब्ल्याक लेबल, रेड लेबल, ज्याक डेनियल्स र नेपाली भोड्का बरामद गरेको छ ।
नक्कली मदिरा बनाएको कसुरमा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुख्य संचालक भगवान बस्नेत र दोलखाको कालिञ्चोक घर भएका हरि वली छन् । वली विक्रेता हुन् ।
भक्तपुरको चाँगुनारायण नगरपालिका–२ स्थित घनश्याम मैनालीको घर भाडामा लिएर अरोपीहरुले नक्कली मदिरा तयार गर्ने गरेका थिए । वल्ड दरबार नामको मदिरासँग पानी र केमिकल मिसाएर ब्ल्याक लेबल र डबल ब्ल्याक लेबल बनाउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण