बालकथा : दयालु डल्फिन र घमण्डी बाँदर

person explore access_timeभदौ ९, २०७९ chat_bubble_outline0

कथा निकै पुरानो हो । समुद्र किनारमा माझीहरूको सुन्दर बस्ती थियो । उनीहरू समुद्रीमार्गबाट मालसमान ओसार पसार गरी जिविका चलाउँथे । यताका माला उता लान्थे उताका माल यता ल्याउँथे । यसका लागि यदाकदा निकै दिनको यात्रामा पनि जानुपर्ने हुन्थ्यो । एक दिन कुनै एक माझी दाइलाई यस्तै प-यो । उनी लामो यात्रामा निस्के । घरमा बाँदर थियो, सानैदेखि मायाले पालेको । हेरविचार गर्ने कोही नभएकाले उसलाई पनि सँगै लिएर गए ।  
माझी दाइ जहा खियाउन लागे बाँदद चकचक गर्नतिर । केही दिनपछि जहाज एउटा समुद्री टापुमा पुग्यो । पुग्नुपर्ने ठाउँ अझै पर थियो । केही बेर विश्राम गरी जहाज अघि बढ्यो तर भइदियो के भने केही परपुग्ने बित्तिकै अकस्मात्


आएको तुफानले जहाज हल्लाउन थाल्यो । जब जहाज डुब्ने निश्चित भयो तब माझी दाइले त फाल हालेर ज्यान बचाए । माझी दाइ त बाँचे विचरो बाँदर के गरोस् । न पौडिन आउँथ्यो न ज्यान बचाउने कला नै थाहा थियो । समुद्रको छालले कहिले यता पु-याउँथ्यो कहिले उता । यत्तिकैमा संयोगवश एउटा डल्फिन आइपुग्यो । उसले बाँदरको दुःख हेर्न सकेन र पीठमा बोकेर कुनै टापुमा पु-यायो । 
बल्ल बाँदरको होस आयो । एकछिन डल्फिन हेरिरह्यो । जब बाँदर यथास्थितिमा आइपुग्यो तब उसलाई सम्बोधन गदै डल्फिनले सोध्यो–
‘बाँदर भाइ ! यो स्थान कुन हो थाहा छ ?’



त्यो स्थान निकै कनकन्टारमा थियो, जहाँ अहिलेसम्म कोही पनि पुग्न सकेका छैनन् भन्ने डल्फिनलाई राम्रै थाहा थियो । तैपनि बोल्ने बाटो बनाएर सोधेको थियो तर बाँदर न हो स्वभाव देखाउन किन पछि पथ्र्यो र । फुर्ती देखाउँदै भन्यो–
‘थाहा छ भाइ ! किन नहुने ।’
‘कसरी थाहा पायौ ?’ डल्फिनले आश्चर्य मान्दै सोध्यो–
‘के पहिले पनि यता आएका थियौ र ?’
‘ल के कुरा गर्‍या होला ।’ बाँदरले थप अहङ्कार प्रदर्शन गर्दै भन्यो–
मै त हुँ यहाँको राजकुमार ।’
‘कसरी ?’ डल्फिनले जान्न चाह्यो ।



‘कसरी भन्ने यस स्थानका राजा मेरा धर्मपिता हुन् ।’ बाँदरले प्रष्ट्याउन खोज्यो । 
‘धर्मपिता हुँदैमा राजकुमार भइन्छ त ?’ डल्फिनले आशङ्का गर्‍यो ।
‘छोराछोरी नभएकाले उनको शेषपछि राजा हुने मै त हुँ । अनि भइन त राजकुमार ?’
यसरी बाँदरले झुट बोलेको डल्फिनलाई मन परेन । त्यसैले कुरा बनाउँदै भन्यो–

‘हो भाइ तिमीले ठीक भन्यौ । यो कुरा मलाई पहिले नै थाहा थियो । के भन्दा रहेछौ भनेर मात्र सोधेको हुँ । तिमी राजा राजपाट समालेर बस म चाहिँ हिँडे ।’
यति भनेर डल्फिनले आफ्नो बाटो समात्यो । बाँदर हेरेकोहेर्‍यै भयो । उसले रोइकराई गरी डल्फिनलाई फर्काउन खोज्यो तर उसले त्यतातिर ध्यानै दिएन ।  
यसरी बाँदरले अनावश्यक शेखी र घमन्ड गरेर डल्फिनको चित्त मात्र दुखाएन आफ्नै मृत्युलाई निम्त्याउने कामसमेत गर्‍यो ।   

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।