सामाजिक सञ्जालमा महिलाको नग्न तस्बिरको व्यापार कसरी फैलिरहेको छ ?

सामाजिक सञ्जालमा अपरिचित व्यक्तिले ब्ल्याकमेलका घटनामा लगातार वृद्धि भइरहेको छ । उनीहरुका नीजि जानकारी, तस्बिर, सोसल मिडिया रेडिटमा सार्वजनिक गरिँदै छन् । बीबीसीले एक यस्तै समूह चलाउने व्यक्तिबारे खुलासा गरेको छ ।
‘पाँच पाउन्डमा यसको नग्न तस्बिर, मलाई मेसेज गर’
‘मसँग अन्य अश्लील भिडियो पनि छन्’
‘हामीले यसका लागि के गर्नुपर्छ ?’
मैले जतिजति स्क्रोल गर्दै गएँ मलाई असाध्यै खराब महसुस हुनथाल्यो ।
त्यहाँ हजारौं तस्बिर थिए । नाङ्गो र छोटो कपडामा महिलाका हजारौँ तस्बिरहरू, सूची समाप्त भइरहेकै थिएन । तस्बिर मुनि पुरुषहरूबाट अश्लील टिप्पणीहरू जसमा बलात्कारको धम्कीसमेत दिइएको छ । त्यस्ता यस्ता थुप्रै कुरा लेखिएका छन्, जुन मैले यहाँ लेख्नसमेत सक्दिनँ ।
एकजना साथीको सहयोगले म यहाँसम्म पुग्न सफल भएँ । उनको एउटा तस्बिर इन्स्टाग्रामबाट लिएर रेडिटमा हालिएको थियो । यो नग्न तस्बिर थिएन तर यसमा थुप्रै अश्लील कमेन्ट गरिएका थिए । उनी आफ्नो लागि र अन्य महिलाका लागि चिन्तित थिइन् ।
जब मलाई यो बजारबारे थाहा भयो तब मैले त्यहाँ सेयर गरिएका सयौँ प्रोफाइल पाएँ, यहाँबाट किनबेच गरिँदै थियो । यी सबैलाई महिलाको अनुमति बिना पोस्ट गरिएका थिए ।
रिभेन्ज पोर्नको दुनियाँ
यस्तो लाग्थ्यो कि रिभेन्ज पोर्नको नयाँ संसार सुरु भएको छ, जहाँ व्यक्तिगत जानकारी बिना अनुमति साझा गरिएका थिए । सामान्यतया पूर्व पार्टनरले यसो गर्छन् । तस्बिरका साथै मानिसहरूले फोन नम्बरलगायत अन्य जानकारी पनि सेयर गरिरहेका छन् ।
मलाई लाग्यो कि म इन्टरनेटको कुनै अँध्यारो कुनामा आएको छु, तर यो सबै सोशल मिडिया प्लेटफर्ममा भइरहेका छन् । रेडिटले आफूलाई ‘इन्टरनेटको पहिलो पृष्ठ’ भन्छ । हरेक दिन ५ करोड मानिसले यसको प्रयोग गर्छन् । यसको प्रयोगकर्ताहरूले फोरम चलाउन सक्छन् जसले सबरेडिट्स भनिन्छ । यो थुप्रै मुद्दामा बनाउन सकिन्छ । धेरैजसो सबरेडिट हानिकारक हुँदैनन् तर रेडिटमा अश्लीलता फैलाएको इतिहास पनि छ ।
सन् २०१४ मा थुप्रै सेलिब्रिटीको नीजि तस्बिर रेडिटमा सेयर गरिएको थियो । यसको तीन वर्षपछि कम्पनीले डिप फेक प्रयोग गर्ने केही समूहलाई बन्द गरेको थियो ।
म बुझ्न चाहन्थेँ कि महिलाका अंतरंग तस्बिर अहिले पनि रेडिटमा कसरी साझा गरिँदैछ । त्यसपछि मैले यसको पछाडि को छ भनेर जान्न चाहेँ । मैले बुझिसकेको थिएँ कि रेडिटको प्रतिबन्धले काम गरिरहेको थिएन । हामीले पूरा बेलायतमा दर्जनौँ सबरेडिट पायौँ ।
मैले सरुमा दक्षिण एशियाली महिलाबारे बुझ्न चाहेँ । अधिकांश अंग्रेजी, हिन्दी, उर्दू र पञ्जाबीमा टिप्पणी एउटै समुदायका पुरुषले गरिरहेका थिए । केही महिलाको सोसल मिडियामा ठूलो संख्यामा फलोइङ थियो, त्यसैले मैले उनीहरुलाई चिनेँ । कतिलाई मैले व्यक्तिगत रुपमा नै चिन्दथेँ ।
हज्जारौँ नग्न तस्बिर
त्यहाँ १५ हजारभन्दा बढी तस्बिर थिए । हामीले तीमध्ये एक हजारको स्याम्पल लियौँ । यसमा १५० भिन्न महिलाको अश्लील तस्बिर भेटियो । सँगै थिए अमानवीय यौन टिप्पणी । मलाई विश्वास थियो कि यी सबै महिलाको अनुमति बिना भइरहेको छ ।
थुप्रै महिलाको तस्बिर अन्य सोसल मिडिया प्लेटफर्मबाट लिइएको थियो, ती अश्लील थिएनन् । तर त्यसमा टिप्पणी असाध्यै अश्लील थिए ।
जुन एक महिलाले हामीलाई सम्पर्क गरिन् उनका अनुसार इन्स्टाग्राममा क्रप टपमा उनको एक तस्बिर पोस्ट गरेपछि उनलाई बलात्कारको धम्की दिन थालियो ।
सबरेडिटमा भएका पुरुष पनि महिलाको नग्न तस्बिर साझा गरिरहेका थिए र बेचिरहेका थिए । यी सेल्फीजस्तै देखिएको थियो जुन सार्वजनिक प्रयोगका लागि लिइएको थिएन । यस्ता भिडियो पनि थिए जहाँ यस्तो लाग्थ्यो कि महिलाले गोप्य रुपमा गरेको यौन गतिविधिलाई रेकर्ड गरिएको थियो ।
‘म तँलाई जसरी पनि खोज्नेछु’
एउटा मेसेजको थ्रेडमा नग्न महिलाले ओरल सेक्स गरिरहेको तस्बिर थिए । एक मेसेजमा लेखिएको थियो, ‘कसैसँग कुनै भिडियो छ ?’ यो मेसेजमा यसका लागि थुप्रै अपशब्द प्रयोग गरिएका थिए ।
यसमा कसैले लेखेका छन्, ‘मसँग पाँच पाउन्डमा पूरा फोल्डर छ । थुप्रै तस्बिरसँग ।’
अर्कोले सोधेको छ, ‘उसको सोसल प्रोफाइलबारे जानकारी देऊ ।’
आयशा (परिवर्तित नाम) लाई उनको भिडियो अघिल्लो वर्ष सबरेडिटमा हालिएको बारे थाहा भयो । उनका पूर्व पार्टनरले उनको भिडियो बनाएको हो कि भन्ने उनलाई लाग्छ । उनलाई सोसल मिडियामा विभिन्न तरिकाले शोषण गरियो ।
उनी भन्छिन्, ‘मानिसहरुले धम्की दिन्थे । उनीहरुसँग यौन सम्बन्ध स्थापित नगरे तस्बिर आमाबुवालाई पठाइदिन्छु भन्दै नानाथरी कुरा गर्दथे ।’
उनीहरुले भन्थे, ‘म तँलाई जसरी पनि खोज्नेछु, तँलाई बलात्कार गर्नेछु ।’
आयशा भन्छिन्, ‘एक पाकिस्तानी युवती भएको नाताले मेरो समुदायमा यौन सम्बन्धि क्रियाकलापलाई सही मानिँदैन ।’
आयशाले त्यसपछि मानिसहरुलाई भेट्न र घरबाट बाहिर नै निस्कन बन्द गरिन् । उनले आत्महत्याको कोसिस पनि गरिन् । त्यसपछि उनी आमाबुवालाई आफूमाथि के भइरहेको छ भनेर भन्न बाध्य भइन् । आयशाका अनुसार उनका आमाबुवा त्यसपछि डिप्रेसनमा गए ।
उनी भन्छिन्, ‘मलाई लाज लाग्न थाल्यो, मलाई लाग्यो कि मेरो कारणले दुबैलाई चिन्ता भइरहेको छ ।’
आयशाले रेडिटमा धेरैपटक सम्पर्क गरिन् । एकपटक एउटा भिडियो तुरुन्त हटाइयो तर अर्को हटाउन चार महिना लाग्यो । कुरा यहाँ नै सिद्धिएन । हटाइएका सामग्री पहिले नै अन्य सोसल साइटमा सेयर भइसकेका थिए र सबरेडिटमा पुनः देखियो ।
आयशालाई लज्जित र तनाव दिने सबरेडिटलाई जिपोम्याड नामका व्यक्तिले चलाइरहेका थिए । यसै नामबाट उनलाई पछि ट्र्याक गर्न सकियो ।
कलेक्टर कल्चर
उनको सबरेडिटलाई ट्र्याक गर्दा मैले तीन नयाँ भर्जन थप बनाइसकेको छ भन्ने थाहा पाएँ । हरेक पटक एउटा नयाँ नाम, यसमा जातीय टिप्पणी पनि समावेश थिए । हरेक सबरेडिटमा एकै खालका सामग्री थिए र हज्जारौँ सक्रिय प्रयोगकर्ता पनि ।
व्यापारका लागि नग्न तस्बिरको प्रयोग यति धेरै भएको छ कि जानकारले यसलाई एक नाम दिएका छन् – कलेक्टर कल्चर ।
क्लेयर मेग्लिन, डरहम विश्वविद्यालयमा प्राध्यापक हुन् । उनी भन्छन्, ‘यो कुनै फोहोरी मानसिकता भएको व्यक्तिको काम होइन । यस्ता थुप्रै छन् । हज्जारौँ हज्जार । ’ प्राध्यापक मेकग्निका अनुसार यस्ता व्यापार एपका साथै वेबसाइटमा सानो, निजी च्याट समूहमा हुन्छन् जहाँ दशौँ हजार पुरुष जम्मा हुन्छन् ।
यस्ता तस्बिरको ठूलो सङ्ग्रह गर्नेहरुले पहिचान पनि पाउँछन् । र यी तस्बिर र भिडियो हटाउन मुश्लिक छ । डिलिट गरिएका भिडियो कुनै अन्य ग्रुपमा पोस्ट हुने आयशाले पाइन् ।
बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : शिक्षकलाई विद्यालय फर्कन सरकारको आह्वानदेखि संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिससम्म
-
मकालु हिमाल आरोहण गर्ने कान्छी आरोहि शेर्पा सम्मानित
-
मन्त्रिपरिषद्को आह्वानपछि शिक्षक महासंघले के भन्यो ?
-
शिक्षकहरुलाई विद्यालय फर्कन सरकारको आह्वान
-
वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
-
मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ