एमाले पार्टी नभइ कर्पोरेट हाउस हो, केपी ओली सीईओ हुन् : अनन्त
नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले एमाले पार्टी नभई कर्पोरेट हाउस भएको टिप्पणी गरेका छन् ।
एमाले राजनीतिक पार्टीको चरित्र गुमाएर कर्पोरेट हाउसजस्तो भएको र त्यसको सीईओ केपी ओली र अरु नेताहरु डाइरेक्टर र डेपुटी र डाइरेक्टरको भूमिकामा रहेको अनन्तले बताए । ओली मुख्य नेतृत्वमा आएपछि एमालेलाई नीति, विचार, सिद्धान्त र कार्यक्रम विहीन कम्पनीमा रुपान्तरण गरेको उनको भनाइ थियो । अधिकांश एमालेजन पार्टी पार्टीजस्तो नभइ कर्पोरेट कम्पनी भएकोबारे जानकार भए पनि नाफाका लागि उनीहरु एमालेमै बसिरहेको उल्लेख गरे ।
‘एमाले पार्टी होइन, कर्पोरेट हाउस हो । ओली कर्पोरेट हाउसमा सीईओ र अरु नेताहरु डाइरेक्टर, डेपुटी डाइरेक्टरजस्ता छन्’, पार्टीको बागमती प्रदेशअन्तर्गतका सबै जिल्लाका समन्वय समिति संयोजक र गाउँपालिका र नगरपालिका अध्यक्षको संगठनात्मक कार्यशालालाई बुधबार साँझ राजधानीमा सम्बोधन गर्दै अनन्तले भने ।
एमाले विचार र सिद्धान्तमा नभई नाफा र स्वार्थका लागि चलेको आरोप उनले लगाए । ‘एमालेमा मानिसहरु बसिरहेको विचार र राजनीतिले होइन । ठूलो कर्पोरेट हाउसमा बस्दा फाइदा धेरै हुन्छ । ब्राण्ड बिक्छ, कर्पोरेटमा तलब-सुविधा बढ्छ, बोनस पाइन्छ भनेर हो’, अनन्तले भने, ‘कर्पोरेट हाउसमा कामदारहरु नाफाका लागि मिहिनेत गर्छन्, ज्यान दिन पनि तयार हुन्छन् । एमालेका नेता कार्यकर्ता त्यस्तै भएका छन् ।’ कर्पोरेट संस्कारमा हुर्किएका कारण एमाले कार्यकर्ताले ओलीले दुई पटकसम्म संविधान मिचेर प्रतिनिधिसभा विघटन गर्दा र व्यवस्थामाथि नै प्रहार बोल्दा पनि बोल्न नसकेको टिप्पणी उनको थियो ।
आफ्नो पार्टी माओवादी केन्द्र भने विचार, राजनीति र सिद्धान्त आधारित समाजवादी कार्यदिशा बोकेको पार्टी भएको दाबी अनन्तले गरे । उनले विचारलाई बोक्न सक्ने संगठन पनि आफूहरुसँग रहेको बताए । जनयुद्धका बेला पार्टीले सेना र संयुक्त मोर्चाको नेतृत्व गरेको भन्दै उनले आजको प्रतिस्पर्धात्मक राजनीतिमा समाजवादको आधार निर्माण गर्ने पार्टी चाहिएको बताए ।
पार्टीका हरेक कमिटीका अध्यक्ष वा मुख्य नेतृत्वलाई पियानो बाधकको संज्ञा दिँदै अनन्तले समितिको मुख्य नेता, मुख्य संगठक र मुख्य व्यवस्थापकका हैसियतले अध्यक्षहरुले पियानो बजाउँदा दुवै खुट्टा र दशवटै औंला चलाउनुपर्ने बताए । आफ्नो समितिका सदस्यहरुलाई विचारले नेतृत्व गर्ने, भावनात्मक रुपले एकताबद्ध गर्ने र संगठनात्मक रुपले एकीकृत गर्नुका साथै जनतासँग जोडिएर जनभावनाअनुसार काम गर्ने गुण नेताहरुमा हुनुपर्ने चर्चा गरे ।
फरक प्रशंगमा अनन्तले गठबन्धन आवद्ध अरु दललाई बाँडेर बाँकी रहेको सिटमध्ये ६० प्रतिशतमा काँग्रेस र ४० प्रतिशत स्थानमा माओवादीले लिने गरी एक-दुई दिनभित्रै सिट बाँडफाँटको टुंगो लाग्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
‘एक्टिङ स्टार’ को डिजिटल अडिसनमा ५०० भन्दा बढीको आवेदन
-
होण्डाको चाडपर्व योजनामा भाग्यशाली विजेताले पाए १० लाख रुपैयाँ
-
नेप्से १५.८३ अंकले बढ्यो
-
लिथुआनियामा कार्गो जेट दुर्घटना, एकको मृत्यु
-
मोरङका ग्रामथान गाउँपालिका अध्यक्ष पदका यी हुन् १६ उम्मेदवार (नमुना मतपत्रसहित)
-
सिराहाको कर्जन्हा नगरपालिका तत्कालीन मेयरसहित ५ जना भ्रष्टाचारमा दोषी ठहर