शिक्षण अस्पतालबाट भागेका कैदी लुभुबाट पक्राउ
आँखाको उपचार गर्न जाँदा काठमाडौंको महाराजगञ्ज स्थित शिक्षण अस्पतालबाट भागेका कैदीलाई प्रहरीले पक्राउ गरेको छ । अस्पतालबाट भागेका कैदी भोला बुढाथोकीलाई ललितपुरको लुभुबाट पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयकी डिआईजी किरण राणाले रातोपाटीलाई बताइन् ।
नख्खु कारागारमा ज्यान सम्बन्धी कसुरमा थुनामा रहेका बुढाथोकीलाई जिल्ला प्रहरी परिसर ललितपुरका बरिष्ठ प्रनानी रमेश बजगाईं नेतृत्वको टिमले पक्राउ गरेको हो ।
रामेछाप घर भएका ३८ वर्षीय भोला बुढाथोकीलाई बुधवार प्रहरीले उपचारका लागी त्रिवि शिक्षण अस्पतालमा लगेको थियो । प्रहरीको आँखा छलेर उनि भागेको नख्खु कारागारका जेलर सुवास कुमार लामिछानेले रातोपाटीलाई बताए ।
आँखामा झुसिलकिरा बिझेर उपचार गराइरहेका बुढाथोकीलाई प्रहरीले फलोअपका लागी शिक्षण अस्पतालमा लगेको थियो । नख्खु कारागारको बाहिरी सुरक्षा व्यवस्थाको जिम्मेवारी सशस्त्र प्रहरी बललाई दिइएको छ । तर, थुनुवा ओसार, पसार र आपराधिक गतिविधिको निगरानी गर्न प्रहरीको टिम परिचालन गरिएको छ । सो घटनाबारे उपत्यका प्रहरी कार्यालयले छानविन गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोहेल र सन्तोषको शानदार ब्याटिङ, नेपालद्वारा २ सय ९८ रनको विशाल लक्ष्य प्रस्तुत
-
आफ्नो ड्रिम प्रोजेक्ट ‘महाभारत’ बनाउन किर डराउँछन् आमिर ?
-
हरेक दिन थोरै वाइन पिउनु मुटुको लागि स्वस्थकर : अध्ययन
-
केही लागेन चितवन राइनोजको, कर्णाली याक्स क्वालिफायरमा
-
त्रिवि जग्गा छानबिन समितिको प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्छ: सुमना श्रेष्ठ
-
सानो गौचरन मैदानलाई सुविधासम्पन्न बनाउन धमाधम पुनर्निर्माण (तस्बिरहरु)