शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बिहान खाली पेटमा भिजाएको किसमिस खाँदा यस्ता छन् फाइदा, रक्तचापसमेत नियन्त्रण गर्छ

बिहीबार, ०९ भदौ २०७९, ०८ : ११
बिहीबार, ०९ भदौ २०७९

किसमिसको सेवन स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । किसमिस एक ड्राई फ्रुट हो । किसमिसलाई ऊर्जाको पावर हाउस भनिन्छ । यसमा फाइबर, आइरन, क्याल्सियम, पोटासियम र म्याग्नेसियम प्रशस्त मात्रामा पाइन्छ, जुन शरीरका लागि फाइदाजनक हुन्छ । तर किसमिस भिजाएर सेवन गर्दा स्वास्थ्यलाई धेरै फाइदा हुन्छ । यसबाहेक किसमिस भिजाउँदा यसको प्रभाव चिसो हुन्छ । बिहान खाली पेटमा भिजाएको किसमिस खाँदा धेरै रोग निको हुन्छ । साथै यसले रक्तचाप नियन्त्रणमा पनि मद्दत गर्छ । आउनुहोस्, बिहान खाली पेटमा भिजाएको किसमिस खाँदा हुने स्वास्थ्य लाभका बारेमा जानौँ ।

रक्तचाप नियन्त्रण गर्न लाभदायी

बिहान खाली पेटमा भिजाएको किसमिस खाँदा रक्तचाप नियन्त्रण गर्न निकै फाइदाजनक मानिन्छ । किनकी किसमिसमा पोटासियम प्रचुर मात्रामा पाइन्छ, जसले उच्च रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ ।

हड्डी बलियो बनाउन

बिहान खाली पेट भिजाएको किसमिस खानु हड्डी बलियो बनाउन निकै फाइदाजनक मानिन्छ । किनकी किसमिसमा प्रचुर मात्रामा क्याल्सियम पाइन्छ, जसले हड्डीलाई मजबुत बनाउन मद्दत गर्छ । त्यसैले हरेक बिहान खाली पेटमा भिजाएर किसमिस खान सल्लाह दिइन्छ ।

शरीरमा रगतको कमी हटाउन फाइदाजनक

शरीरमा रगतको कमीलाई हटाउन बिहान खाली पेटमा भिजाएको किसमिस खानु निकै फाइदाजनक मानिन्छ । किनकी किसमिसमा आइरन प्रचुर मात्रामा पाइन्छ । यस बाहेक यसमा भिटामिन बी कम्प्लेक्स पाइन्छ । जसका कारण रगतको कमी हुँदैन । हरेक बिहान खाली पेटमा भिजाएर किसमिस खाँदा शरीरमा रगतको कमी हट्छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप