चोरी भएर अमेरिका पुगेको दुर्गाको मूर्ति काठमाडौं ल्याइँदै
![चोरी भएर अमेरिका पुगेको दुर्गाको मूर्ति काठमाडौं ल्याइँदै](https://rpcdn.ratopati.com/media/albums/murti_fKZKNpPcm9.jpg)
न्यूयोर्क स्थित नेपालको महावाणिज्य दूतावास र म्यानहट्टन जिल्ला न्यायाधिवक्ताको कार्यालयले संयुक्त रुपमा नेपाली पुरातात्विक वस्तु नेपाल फिर्ता गर्ने घोषणा गरेका छन् ।
म्यानहट्टन जिल्ला सरकारी वकिलको कार्यालयमा आयोजित एक समारोहमा कार्यवाहक महावाणिज्यदूत विष्णु गौतमले म्यानहट्टन जिल्ला न्यायाधिवक्ता एल्भिन एल ब्राग जुनियरबाट नेपालबाट चोरी भएर अमेरिका पुगेको पुरातात्विक वस्तु ग्रहण गरेका थिए ।
एल ब्राग जुनियरले पुरानो नेपाली देवी दुर्गाको मूर्ति गौतमलाई हस्तान्तरण गरेका थिए । उक्त मूर्ति लगभग १४ औं शताब्दीदेखि १८ औं शताब्दीको बीचमा काठमाडौंमा बनेको अनुमान गरिएको छ । मूर्ति सन् १९६० मा हराएको थियो ।
उक्त मूर्तिलाई गत मार्चमा एउटा लिलामी घरले लिलामीमा राखेको थियो । लिलामीमा मूर्तिको मूल्य १२ हजारदेखि १८ हजार अमेरिकी डलर राखिएको थियो । उक्त कुरा थाहा पाएपछि नेपाली महावाणिज्य दूतावासले मूर्ति नेपाल फर्काउने प्रक्रिया सुरु गरेको थियो ।
सन् २०२१ मा न्यूयोर्कबाट चोरी भएका तीनवटा नेपाली पुरातात्विक वस्तु नेपाल फर्काइएको थियो । न्यूयोर्क स्थित महावाणिज्य दूतावासले छिट्टै उक्त मूर्ति पुरातत्व विभागसँग समन्वय गरी नेपाल पठाउने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्दोलनका लागि आर्थिक सङ्कलन गर्न राजेन्द्र महतोले बनाए यस्तो योजना
-
म्यानेजमेन्ट अध्ययनका लागि नेपालमै उत्कृष्ट ग्लोबल कलेज
-
रुसको भूउपग्रह पड्कियो, चीनले लगायो आफ्नो आईएसएसमा कवच
-
१७ दिनमा १२ वटा पुल भत्किएपछि बिहारमा ११ जना इन्जिनियर निलम्बनमा
-
मोदी सरकार अगस्टसम्म ढल्न सक्छ : लालु यादव
-
कान्तिपुरले हटायो ‘इट्स माई शो’को विवादित अंश