सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

अस्पतालबाट कैदी फरार प्रकरण : छानबिन समिति गठन, कार्यालय प्रमुख हटाइए

बुधबार, ०८ भदौ २०७९, २२ : ४७
बुधबार, ०८ भदौ २०७९

उपचारका क्रममा अस्पतालबाट फरार भएका कैदी बन्दीका बारेमा छानबिन गर्न प्रहरीले समिति गठन गरेको छ ।  काठमाडौं उपत्यका प्रहरी कार्यालयले एक सूचना जारी गर्दै आज उपचारका क्रममा टिचिङ अस्पतालबाट फरार भएका  रामेछाप पिल्पुङ्ग गापा २ का भोला बुढाथोकी फरार भएकोबारे छानबिन गर्न समिति गठन गरिएको हो । 

प्रहरी उपरीक्षक देवेन्द्रबहादुर पालको संयोजकत्वमा ४ सदस्यीय छानबिन समिति गठन भएको विज्ञप्तिमा जनाइएको छ ।  कैदी फरार भएपछि नेपाल प्रहरी अनाश्रित गुल्म नख्खुको कार्यालय प्रमुखलाई जिम्मेवारीमा हटाइ कैदीको सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई आजैका मितिबाट निलम्बन गरिएको प्रहरी उपरीक्षक पालले जारी गरेको सूचनामा जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप