चितुवाको आक्रमणबाट बालक घाइते
बुधबार, ०८ भदौ २०७९, २१ : २७
तनहुँको बन्दीपुर गाउँपालिका–१ बानियाँटारको तल्लोटारमा बुधबार साँझ चितुवाको आक्रमणबाट एक बालक घाइते भएका छन् । सोही वडा निवासी पाँच वर्षीय बालक सुलभ परियार चितुवाको आक्रमणबाट घाइते भएका हुन् ।
घाइते बालकको डुम्रेस्थित मोती हेल्थ क्लिनिकमा सामान्य उपचारपश्चात् थप उपचारका लागि चितवन पठाइएको बन्दीपुर गाउँपालिकाका निवर्तमान अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए । केही महिनाअघि सोही वडामा एक बालकको चितुवाको आक्रमणबाट निधन भएको थियो भने दुई जना घाइते भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जसले यो संविधानलाई लात हान्यो, उसैले संविधान संशोधनको कुरा गरिरहँदा कसरी विश्वास गर्ने ?’
-
आयोगको अध्यक्ष सिफारिस गर्न समिति असफल, फेरि सरकारलाई गुहारियो
-
राजविराज विमानस्थलमा रात्रिकालीन उडान सुरु
-
भ्रष्टाचार गर्नेलाई आजीवन कारावासको व्यवस्था हुनुपर्छ : मुख्यमन्त्री सिंह
-
सर्लाहीमा चिसोबाट बच्नका लागि न्यानो लुगा वितरण
-
नाइजेरियामा डुङ्गा दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु