नवौँ राष्ट्रिय खेलकुदका लागि जुडो खेलाडी छनोट
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बागमती प्रदेशको काठमाडौं जिल्लाबाट जुडो खेलाडी छनोट भएका छन् । खुसीबुस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्रमा भएको छनोट प्रतिस्पर्धाबाट पुरुष ६० केजीमुनि आशिष तामाङ, ६६ केजीमुनि पुजन श्रेष्ठ र सम्राट केसी, ७३ केजीमुनि सयम श्रेष्ठ, ८१ केजीमुनि ओजस बस्नेत, ९० केजीमुनि फुर्वा सोनाम शेर्पा, १०० केजीमुनि वशिष्ठ महर्जन र १०० केजीमाथि आदित्य दाहाल छनोट भए ।
महिला ५७ केजीमुनि सञ्जिता गुरुङ र विनु गुरुङ, ६३ केजीमुनि सुनिता ढकाल र शिसम अधिकारी तथा ७८ केजीमुनि दीपा गुरुङ छानिएको नेपाल जुडो सङ्घका महासचिव धर्मकुमार श्रेष्ठले जानकारी दिए ।
यसैगरी टेबलटेनिसतर्फको पुरुषमा चन्दन शाही, जयराम महर्जन, कपुर शर्मा, उमेश मानन्धर र रक्तचन्द्र मानन्धर छनोट भए । महिलामा इना डङ्गोल, स्वर्णिमा कंसाकार र प्राज्ना महर्जन छानिए । महिलामा बाँकी दुई खेलाडीको छनोटपछि गरिने छनोट संयोजक एवं काठमाडौं जिल्ला टेबलटेनिस संघका अध्यक्ष धर्ममान बज्राचार्यले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा
-
१० बजे, १० समाचार : रविलाई ३ वटा मुद्दा, जग्गा विवादमा एमालेलाई राहत
-
नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको अवस्थाबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह
-
एनआरएनए उच्चस्तरीय समिति बैठक : एकताका लागि दुई निर्णय