सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

मोटरसाइकल दुर्घटना हुँदा वीरगञ्जमा एक जनाको मृत्यु

बुधबार, ०८ भदौ २०७९, १९ : ५६
बुधबार, ०८ भदौ २०७९

पर्साको ठोरी गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ९ का सहायक सचिव जगतदीप बिष्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय ठोरीका अनुसार ठोरी-३ सिकारीबासमा आफन्तलाई भेटेर फर्कँदै गर्दा बिष्टको ज्यान गएको हो । हुलाकी सडकबाट २ सय मिटर उत्तर कच्ची सडकमै बुधबार अपरान्ह ४ बजे मोटरसाइकल दुर्घटना हुँदा उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय ठोरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप