बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

गोप्य स्रोत खुलाउने पत्रकारलाई काउन्सिलको २४ घण्टे स्पष्टीकरण

बुधबार, ०८ भदौ २०७९, १९ : २६
बुधबार, ०८ भदौ २०७९

प्रेस काउन्सिल नेपालले दार्चुलाका पत्रकार सन्तोषसिंह ठगुन्नासँग गोप्य स्रोत खुलाएकाे सम्बन्धमा जवाफ पेस गर्न बुधबार २४ घण्टे पत्र काटेको छ । पत्रकार ठगुन्नाले सशस्त्र प्रहरीमा रासनको नाममा हुने वेथितीका विषयमा सम्प्रेषित समाचारको गोप्य स्रोत खुला गरी पत्रकार आचारसंहिता प्रतिकुल कार्य गरेको सम्बन्धमा परेको उजुरीमाथि छानविन गर्ने क्रममा यस्तो पत्र पठाएको हो । 

सशस्त्र प्रहरी बल नम्बर ४४ गण दार्चुलाका एक प्रहरीमार्फत सूचना पाएको भनी उनले लिखित बयान दिएको विषयमा काउन्सिलले  अनुसन्धान गरिरहेको छ । पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) दफा ४(८) उल्लङ्घन हुने गरी, स्रोतलाई गम्भीर क्षति पुग्ने गरी स्रोतको नाम र पहिचान उल्लेख गरेको सम्बन्धमा उक्त स्पष्टीकरण सोधको हो । सशस्त्र प्रहरी भित्रको बेथिति उजागर भएपछि केही सुधार हुने आशामा स्रोतले रासनका नाममा हुन बेथितिबारे सुचना दिएका थिए । उक्त सूचना समाचारको रुपमा बाहिर आएपछि स्रोतको पहिचान खुलेको विषयमा सार्वजनिक भएको थियो । 

समाचारमा बिदामा बसेका सशस्त्र प्रहरी कर्मचारीको रासन भत्ता नम्बर ४४ गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक त्रिभुवन विष्टको व्यक्तिगत खातामा जाने आरोप पनि लगाइएको थियो। यद्यपि समाचारमा स्रोत भने खुलाएको थिएन। समाचार प्रकाशित भएको दुई दिनपछि ४४ नम्बर गणले खण्डन गर्दै भन्यो, ‘समाचारमा कपोकल्पित, निराधार कुरा लेखी वदनियतपूर्ण, सीमा सुरक्षामा आँच आउने र सीमा सुरक्षामा खटिएको सुरक्षा फौजलाई कमजोर पार्ने काम भएको छ।’

खण्डन प्रकाशन भए पनि बिदामा बसेका सशस्त्र प्रहरी कर्मचारीको नाममा एसपीले रासन भत्ता खाएको आरोप लागेपछि उक्त सूचना मिडियासम्म पुर्‍याउनेको खोजी गर्न एसपी बिष्ट स्वयं खटिएका थिए । उनैले बयानका कागज सार्वजनिक गरेको भन्दै छानविनका लागि यो विषय काउन्सिलमा पुगेको थियो । समाचारका स्रोत भनिएका सशस्त्र प्रहरीलाई भने हतियारसम्बन्धी अर्कै मुद्दा लगाई कारवाही प्रक्रिया थालिएको छ । बेथिति र भ्रष्टाचार गरेको आशंकामा गण प्रमुख बिष्टलाई सशस्त्र प्रहरी मुख्यालय तानिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप