बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

संसद्ले गति लिएको छ : सभामुख सापकोटा

बुधबार, ०८ भदौ २०७९, १९ : १४
बुधबार, ०८ भदौ २०७९

सभामुख अग्निप्रसाद सापकोटाले वर्षे अधिवेशनले गति लिइरहेको बताएका छन् । चौतारा साँगाचोकगढी नगरपालिका–५ स्थित चौतारा बहुमुखी क्याम्पसमा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पुनःस्थापित सदनबाट नै विभिन्न विधेयक पारित हुँदै समस्याको समाधान निस्केको उल्लेख गरे ।

सभामुख सापकोटाले एघारौँ अधिवेशनबाट दुई दर्जनभन्दा बढी विधेयक पारित भएको बताए । आफ्नो दुई कार्यकालमा कोरोना, जलवायु परिवर्तनका कारण परेका विपत्ति तथा दुई पटक संसद् विघटन भएका कारण अदालत जानुपर्ने अवस्था परेकाले पूर्ण रुपमा सभामुखको रुपमा परख परीक्षण हुन नपाएको उनले बताए ।

सभामुख सापकोटाले दर्शन, विचारमा मन्थन कम हुन थालेको भन्दै चिन्ता व्यक्त गरे । उनले शिक्षाले मानिसको दिमागलाई तालिम दिने भन्दै नयाँ पुस्ताले विज्ञान प्रविधिलाई अझ धेरै बुझ्नुपर्नेमा जोड दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप