शनिबार, १९ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एसियन कप छनोट खेल्ने यु–२० को प्रारम्भिक टोलीको घोषणा

बुधबार, ०८ भदौ २०७९, १८ : ३९
बुधबार, ०८ भदौ २०७९

यु–२० राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले बहराइनमा हुने यू–२० एसियन कप छनोटका लागि २५ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका छन् । प्रशिक्षक केसीले बुधबार टोलीको घोषणा गरेका हुन् ।

प्रतियोगिताका लागि टोलीले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा प्रशिक्षण गरिरहेको छ । सेप्टेम्बर १० देखि १८ सम्म हुने छनोटमा कतार, बहराइन, बंगलादेश र भुटानसँगै नेपाली टोली छनोट भएको छ । नेपालले आफ्नो पहिलो खेल सेप्टेम्बर १० मा भुटानसँग र दोस्रो खेल सेप्टेम्बर १२ मा कतारसँग खेल्नेछ भने तेस्रो खेल सेप्टेम्बर १४ मा बहराइनसँग र चौथो खेल सेप्टेम्बर १८ मा बंगलादेशसँग खेल्नेछ ।

नेपाली टोली:

गोलकिपर : ईश्वर गुरुङ, उनेश चौधरी, जियारत शेख, टोपबहादुर राना

डिफेन्डर : अमर श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजन धानी, अभिषेक वाइबा, जान ताम्ली, शेखर खवास, श्यान्सु भुसाल, राज ठोकर

मिडफिल्डर : दीपेश गुरुङ, आशिष राई, सन्दीप कार्की, जन्मेजय धामी, कृतिश रत्न छिन्जु, सुगम सुवाल, मनाज्ञ नकर्मी, आयुष घलान, राकेश विश्वकर्मा, सञ्जीव लामा

फरवार्ड : निरञ्जन मल्ल, रोहन खड्गी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप