बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

नेपालको अधिकांश भागमा औसतभन्दा कम वर्षा

बुधबार, ०८ भदौ २०७९, १८ : २७
बुधबार, ०८ भदौ २०७९

नेपालको अधिकांश भूभागमा यस वर्ष औसतभन्दा कम पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यस वर्ष मनसुन सुरु भएपछि अहिलेसम्म काठमाडौं उपत्यकासहित देशको पूर्वी क्षेत्रमा औसत वर्षा भएपनि मधेश प्रदेश र काठमाडौं उपत्यका पश्चिमतर्फको अधिकांश भूभागमा सरदरभन्दा कम वर्षा भएको छ ।
 
यसवर्ष मनसुनी न्यूनचापीय रेखा अधिकांश समय सरदरभन्दा दक्षिण कोलकोता तल रहँदा जलवाष्पयुक्त वायु पर्याप्त मात्रामा उत्तरतर्फ प्रवेश नगर्दा नेपालमा वर्षा कम भएको विभागका मौसमविद् हीरा भट्टराईले जानकारी दिए ।
 
काठमाडौं उपत्यकालगायत पहाडी क्षेत्रका केही स्थानमा सरदरभन्दा बढी वर्षा भए पनि अघिल्ला वर्षमा जस्तो देशभर चार–पाँच दिनसम्म लगातार झरी नपरेको मौसमविद् सञ्जिव अधिकारीले बताए । नेपालमा सामान्यतया जेठ अन्तिमदेखि मध्यअसोजसम्म करिब ११० दिन मनसुनी हावा प्रवेश भई वर्षा हुने विभागले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप