फेसबुक ह्याक गरेर ठगेको आरोपमा युवक पक्राउ
बुधबार, ०८ भदौ २०७९, १७ : ५४

फेसबुक ह्याक गरेर पैसा ठगेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको शनिश्चरे नगरपालिका–१० घर भएका २० वर्षीय किरण पाठक छन् । आरोपीलाई भदौ ७ मा मोरङको मंगलबारेबाट पक्राउ गरिएको केन्द्रीय साइबर ब्यूरोले जनाएको छ ।
पाठकले फेसबुक ह्याक गरेर ह्याक प्रोफाइलमा आबद्ध साथी, आफन्त र सहकर्मीलाई विभिन्न बहाना बनाएर डिजिटल पेमेन्ट गेटवे मार्फत रकम माग्ने गरेको ब्यूरोको अनुसन्धानबाट थाहा भएको छ । आरोपीलाई काठमाडौं जिल्ला अदालतबाट म्याद लिएर ब्यूरोले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यौन जीवन ध्वस्त पारिदिन सक्छन् यी सात रोगले, सतर्क हुनुहोस्
-
ताप्लेजुङका किसान सामूहिक मकैखेतीप्रति आकर्षित
-
लहानमा दुई अर्ब लागतमा सुविधासम्पन्न अस्पताल बनाइने
-
विषादी हालेको अङ्गुर खाइरहनु भएको त छैन ? यसरी सफा गर्नुस्
-
कोलेस्ट्रोल घटाउन चाहनुहुन्छ ? बिहान अपनाउनुहोस् यी ५ बानी
-
सिमेन्टपछि फलामे जाली र छडको पनि मूल्य बढ्यो