बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

बैंकिङ कसुर मुद्दामा १ करोड १९ लाख जरिवाना तोकिएका प्रतिवादी पक्राउ

बुधबार, ०८ भदौ २०७९, १७ : १५
बुधबार, ०८ भदौ २०७९

बैंकिङ कसुर मुद्दामा १ करोड १९ लाख जरिवाना हुने फैसला भएका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पूर्वी रुकुम घर भएका ३१ वर्षका अर्जुन बुढाथोकीलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी दुर्गाराज रेग्मीले रातोपाटीलाई बताए । 

उच्च अदालत पाटनले बुढाथोकीलाई २४ दिन कैदमा राख्ने फैसला गरेको छ । भदौ ७ मा सुकेधाराबाट पक्राउ गरेर उनलाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको एसपी रेग्मीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप