बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘नेपालका विद्यार्थीलाई अन्तर्राष्ट्रिय पहुँच र सिकाइको मञ्च दिन चाहन्छौँ’

बुधबार, ०८ भदौ २०७९, १७ : १३
बुधबार, ०८ भदौ २०७९

ह्वावे बंगलादेश र नेपाल प्रतिनिधि कार्यालयका सहायक बोर्ड निर्देशक जेसन लीले सीड्स फर द फ्युचर जस्ता कार्यक्रमहरू मार्फत नेपालका प्रतिभाशाली विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय एक्सपोजर र सिकाइको लागि प्लेटफर्म दिन चाहेको बताएका छन् । 

सीड्स फर द फ्युचर २०२२ को उद्घाटन समारोहमा बोल्दै  लीले यस वर्ष छनोट भएका ७ जना विद्यार्थीले भविष्य निर्माणमा प्रविधिले खेलिरहेको भूमिका फस्ट-ह्यान्ड हेर्न सक्ने जानकारी दिएका हुन् । ‘मलाई आशा छ कि उनीहरू फर्किएपछि उनीहरूले आफूले सिकेको कुरा आफ्ना साथीहरूलाई सिकाउने छन्,’ उनले भने ।

सीड्स फर द फ्युचर सबैभन्दा लामो चलिरहेको ग्लोबल फ्ल्यागशिप सीएसआर कार्यक्रम हो । २००८ देखि विश्वभरबाट १२,००० भन्दा बढी विद्यार्थीहरूले यसमा भाग लिएका छन् । यस वर्ष नेपालबाट ७ जना प्रतिभाशाली विद्यार्थीहरूलाई बैंकक, थाइल्यान्डमा रहेको पहिलो क्षेत्रीय अनसाइट कार्यक्रममा पठाइएको छ । ‘टेक फर गुड प्रतियोगिताको लागि म उहाँहरूलाई र उहाँहरूको शानदार विचारप्रति शुभकामना प्रकट गर्दछु,‘ लीले भने, ‘ह्वावेमा डिजिटल प्रतिभाहरू डिजिटल विकासको आधार हो भन्ने हामी बुझ्छौँ । हामी सबै १७० देश र क्षेत्रहरूमा सक्रिय रूपमा डिजिटल प्रतिभाको विकासलाई बढावा दिइरहेका छौँ ।’

नेपालमा डिजिटल रूपान्तरणको ठूलो सम्भावना रहेको बताउँदै उनले यस रूपान्तरणको मुटु प्रतिभाशाली युवाहरू हुने बताए । उनले सीड्स फर द फ्युचर जस्ता कार्यक्रमहरू मार्फत हामी त्यस्ता डिजिटल प्रतिभाहरूको विकास गर्न योगदान दिने आशा व्यक्त गरे । ‘मलाई आशा छ कि यस वर्षको टेक फर गुड प्रतियोगिताको लागि विद्यार्थीहरूले विकास गरेको विचार वास्तविकतामा परिणत होस्,’ लीले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप