आइएमई पेको क्युआर डे विथ आइएमई पे अफर पुनः सुरू
आइएमई पेले गएको असारमा संचालनमा ल्याएको क्युआर डे विथ आइएमई पे अफर पुनः सार्वजनिक गरेको छ । सो अफर भदौ १० गते एक दिन हुने कम्पनीले खुलाएको छ । पुरानो संस्करण जस्तै यो पटक पनि प्रयोगकर्ताहरुले कुनै पनि क्यूआर पेमेन्ट आइएमई पे एप मार्फत भुक्तानी गर्दा दिनभरिमा १० % छुट (अधिकतम रू. १०० सम्म) प्राप्त गर्ने व्यवस्था मिलाइएको छ ।
१ दिनको लागि मात्र लागु हुने यो अफर मार्फत अझ धेरै नयाँ तथा सम्भावित प्रयोगकर्ताहरुलाई आइएमई पे प्रयोग गरी डिजिटल भुक्तानी गर्न र त्यस्तै माध्यमको प्रयोगमा अभ्यस्त बनाइ विद्युतीय भुक्तानीलाई प्रोत्साहन दिने कम्पनीले विश्वास राखेको छ ।
अघिल्लो समय जस्तै यस अफरमा पनि पहिलो २५ सय सेवाग्राहीहरुले मात्र क्यासव्याक पाउनेछन् भने पियर्स‐टु‐पियर्स क्यूआर ट्रान्जेक्सनमा यो अफर अन्तर्गतको क्यासव्याक नपाउने आईएमई पेले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान
-
मलेसियाले दियो विदेशी श्रमिक व्यवस्थापन प्रणालीलाई निरन्तरता
-
स्वास्थ्य सेवालाई मजबुत बनाउँदै आँबुखैरेनी अस्पताल
-
सहिद स्कुलले जित्यो ‘कुलपति रनिङ शिल्ड’ फुटबलको उपाधि