३० लाख कित्ता ऋणपत्र निष्काशन गर्दै कुमारी बैंक
कुमारी बैंकले १० (दस) वर्षे अवधिको ऋणपत्र जारी गर्ने भएको छ । ११% व्याजदर भएको “११% केविएल डिवेन्चर २०८९” ऋणपत्र १,००० अंकित दरको ३० लाख कित्ता निष्काशन हुनेछ ।
त्यसका लागि नेपाल धितोपत्र बोर्डबाट भदौ १ गते स्वीकृति प्राप्त भइसकेको छ । ३ अर्ब बराबरको ऋणपत्र मध्ये १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिने तथा १२ लाख कित्ता ऋणपत्र सर्वसाधारण नेपालीको लागि सार्वजनिक निष्काशनबाट बिक्री गरिने गरिने बैंकले जनाएको छ । यस ऋणपत्र निष्काशनको लागि धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।
सर्वसाधारणका लागि निष्काशन गरिने १२ लाख कित्ता ऋणपत्र मध्ये सामूहिक लगानी कोषलाई छुट्ट्याएको ५% अर्थात् ६० हजार कित्ता ऋणपत्रको लागि ३ वटा सामुहिक लगानी कोषबाट कूल ९५ हजार कित्ताको लागि आवेदन प्राप्त भएको हुँदा सो लाई समानुपातिक आधारमा बाँडफाँड गरिएको बैंकले जनाएको छ ।
यस सार्वसाधारणका लागि निष्काशन गरिने ऋणपत्रमा न्यूनतम आवेदन २५ कित्ता देखि अधिकतम १२ लाख आवेदन दिन सकिनेछ लगानीकर्ताहरुले यस ऋणपत्र नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सी–आश्वामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्साबाट सुनसहित एक जना पक्राउ
-
महसुल नतिर्ने उद्योगको बैंक खाता रोक्का गर्न कुलमानको पत्राचार
-
सट्टेबाजी आरोपमा पक्राउ परेका राईले ७५ वटा बैंक खाता खोलेको खुलासा
-
तीन महिनामा शिवम् सिमेन्टले कमायो १ करोड २७ लाख नाफा
-
शिक्षामन्त्री भट्टराई र विकास साझेदारहरूबीच शिष्टाचार भेट
-
दुर्गा प्रसाईंको रिट खारेज गर्ने सर्वोच्च अदालतको फैसला