आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

३० लाख कित्ता ऋणपत्र निष्काशन गर्दै कुमारी बैंक

बुधबार, ०८ भदौ २०७९, १६ : ३४
बुधबार, ०८ भदौ २०७९

कुमारी बैंकले १० (दस) वर्षे अवधिको ऋणपत्र जारी गर्ने भएको छ । ११% व्याजदर भएको “११% केविएल डिवेन्चर २०८९” ऋणपत्र  १,००० अंकित दरको ३० लाख कित्ता निष्काशन हुनेछ । 
त्यसका लागि नेपाल धितोपत्र बोर्डबाट भदौ १ गते स्वीकृति प्राप्त भइसकेको छ । ३ अर्ब बराबरको ऋणपत्र मध्ये १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिने तथा १२ लाख कित्ता ऋणपत्र सर्वसाधारण नेपालीको लागि सार्वजनिक निष्काशनबाट बिक्री गरिने गरिने बैंकले जनाएको छ । यस ऋणपत्र निष्काशनको लागि धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । 
 

सर्वसाधारणका लागि निष्काशन गरिने १२ लाख कित्ता ऋणपत्र मध्ये सामूहिक लगानी कोषलाई छुट्ट्याएको ५% अर्थात् ६० हजार कित्ता ऋणपत्रको लागि ३ वटा सामुहिक लगानी कोषबाट कूल ९५ हजार कित्ताको लागि आवेदन प्राप्त भएको हुँदा सो लाई समानुपातिक आधारमा बाँडफाँड गरिएको बैंकले जनाएको छ । 

यस सार्वसाधारणका लागि निष्काशन गरिने ऋणपत्रमा न्यूनतम आवेदन २५ कित्ता देखि अधिकतम १२ लाख आवेदन दिन सकिनेछ  लगानीकर्ताहरुले यस ऋणपत्र नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सी–आश्वामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप