बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

टुबोर्ग ओपन २०२२ मा भेकलाई डेरुलोसँग मेन्टरशिपको अवसर

बुधबार, ०८ भदौ २०७९, १६ : ०९
बुधबार, ०८ भदौ २०७९

विगत ५ वर्षदेखि टुबोर्गले टुबोर्ग ओपेन अभियानमार्फत निरन्तर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरूसँग सहकार्य गर्दै आइरहेको छ । टुबोर्गले नेपालमा मात्र नभई भारत, चीन, टर्की, सेर्बिया लगायत अन्य देशहरुमा पनि टुबोर्ग ओपेन क्याम्पेनद्वारा राष्ट्रिय र अन्तर्राष्ट्रिय कलाकारलाई जोडेर नयाँ संगीत सृजना गर्दै आइरहेको छ । 

टुबोर्ग ओपेन अभियान नेपालमा यो पाँचौँ पटक हुनेछ । टुबोर्ग ओपेनको हरेक वर्ष एउटा मुख्य थिम हुन्छ । यो वर्षको थिम भने ‘टेक द स्टेज’ छ जसमा अन्तर्राष्ट्रिय विश्व प्रख्यात कलाकारले उदाउँदो स्वदेशी कलाकारलाई मेन्टरशीप प्रदान गरी उनीहरूलाई संगीतको मूल भाव र एउटा लोकप्रिय कलाकार कसरी बन्ने भनी मार्गदर्शन गरेका छन् ।

टुबोर्गले यसपटक लोकप्रिय अमेरिकन संगीतकर्मी जेसन डेरुलोलाई टुबोर्ग ओपनमा जोडेको छ । उनीसँगै जोडिएका छन् नेपालका उदीयमान कलाकार भेक । जेसन डेरुलो अमेरिकी गायक तथा गीतकार हुन् ।  उनले आफ्नो पहिलो एकल गीतबाटै अन्तर्राष्ट्रिय ख्याति कमाएका थिए भने उनको सो गीत अमेरिका र न्यूजील्याण्डमा नम्बर एकमा पुग्न सफल भएको थियो । 

भेक नेपाली साङ्गीतिक आकाशमा पछिल्लो पुस्ताका उदीयमान लोकप्रिय संगीतकर्मी हुन् । उनले पनि छोटो समयमै लोभलाग्दो लोकप्रियतासँगै क्रेज कमाएका छन् । गत महिना जसेन डेरुलोसँग अमेरिकाको लस एन्जलसमा टुबोर्ग ओपेन २०२२ को एर्मजिङ्ग कलाकार भेकले मेन्टरशिप प्राप्त गरी नेपाल फर्किसकेका छन् । यो वर्षको लागि भेकले आफ्नो मेन्टरशिपद्वारा सिकेका ज्ञानहरूले एउटा नयाँ गीत बनाउन गइरहेका छन् जुन आउँदो केही महिनामा बजारमा सर्वत्र उपलब्ध हुनेछ ।

गोर्खा ब्रिउरीका मर्केटिङ्ग डाइरेक्टर आशिष बिस्ट भन्छन्, ‘टुबोर्ग र संगीतको नाता नेपाली सांगीतिक क्षेत्र मा एकदम गहिरो छ । गत कैयौँ वर्षदेखि यो अटुट सम्बन्ध अझै पनि कायम छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप