नेप्सेमा २ अंकको वृद्धि, १ अर्ब ५२ करोडको कारोबार
आज पनि सेयर बजार परिसूचक नेप्सेमा २ अंकको वृद्धि भएको छ । अघिल्लो दिन १.८५ अंकको वृद्धि भएर २०५४ विन्दुमा अडिएको बजारमा बुधबार थप २.८७ अंकको वृद्धि भएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक २०५७.८५ विन्दुमा अडिएको छ ।
२ अंक माथिले बढेको बजारमा कारोबार रकम भने आज पनि खासै बढ्न सकेन । नेप्सेका अनुसार यसदिन बजारमा १ अर्ब ५२ करोड ६१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज बैंकिङ, होटल तथा पर्यटन, डेभलपमेन्ट बैंक, हाइड्रोपावर, माइक्रोफाइनान्स, लाइफ इन्स्योरेन्स र इनभेष्टमेन्ट समूहको उपसूचक धनात्मक भएका छन् भने ट्रेडिङ, फाइनान्स, नन् लाइफ इन्स्योरेन्स, म्यानु एण्ड प्रो र म्युचुअल फन्ड समूहको उपसूचक ऋणात्मक भएका छन् ।
मन्दाकिनी हाइड्रोपावर कम्पनीका सेयरधनीले आज पनि १० प्रतिशतले कमाएका छन् भने सिद्धार्थ ईक्युटी फन्डका लगानीकर्ताहरुले ३.५८ प्रतिशतले गुमाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुटवलमा खाना महोत्सव तथा माघी मेला सुरु
-
प्रदेश सांसद तामाङ जोडिएको सहकारी समस्याग्रस्त घोषणा
-
रेडियो नेपाल र एनटिभी पीएसबीमा रूपान्तरण भएको सन्दर्भमा पूर्वारम्भ कार्यक्रम हुने
-
नुवाकोटको तारुकामा यसवर्ष १४ हल गोरु जुधाइने
-
अनेरास्ववियुका इन्चार्ज किशोरविक्रम मल्ल प्रहरीको नियन्त्रणमा
-
१० बजे १० समाचार : रवि आज पनि हिरासतमा, प्रचण्ड सुकुटेतिर