बच्चालाई पैसाको मूल्य सिकाउनुहोस्, इनामको लोभ देखाएर लक्ष्य हासिल गराउनु सही होइन
परीक्षामा टप भयौ भने पुरस्कार पाउँछौ... स्कुलको काम गरेनौ भने खेल्न जान पाउँदैनौ... पैसाको कमी छैन, जे मन लाग्यो किन्नु... तिमीमाथि विश्वास छैन । कतै तपाईं पनि यस्तै भन्ने खालको अभिभावक त हुनुहुन्नँ ? यदि हो भने आफ्नो बानी तुरुन्त परिवर्तन गर्नुहोस् । रेजिङ एन एन्त्रप्रेन्योरकी लेखिका मार्गट म्याकल विश्नोवले आफ्नो किताबका लागि ७० यस्ता अभिभावकसँग कुराकानी गरेकी छिन् जसका बच्चा ठूला उद्यमी बने र आफ्नो जीवनमा सफल रहे ।
बालबालिकाको पालनपोषणमा सबैभन्दा ठूलो भूमिका कुराकानीको रहेको उनी बताउँछिन् । तपाईंको बच्चा ठूलो भएर कस्तो बन्नेछ यसमा धेरै कुराले काम गर्छ । यसमा सबैभन्दा महत्वपूर्ण हुन्छ ‘कुराकानी’ । कुनै कुरालाई बुझाउने तपाईंको तरिकाले बच्चाको दिमागमा ठूलो असर पार्छ ।
जोन एरोको अभिभावकको विश्वासले उसलाई आफैंमा भरोसा गर्न सिकायो
मार्गोटले जोन एरोको उदाहरण दिन्छिन्, जसले १,५०० करोडको म्युचुअल मोबाइल टेक कम्पनी स्थापना गर्नु अघि कलेज पनि पूरा गर्न सकेनन् । साथीभाइसँग मिलेर उनले विद्यालय तहमा एउटा पत्रिका निकाले, जुन हात–हातमै बिक्री भइसकेको थियो तर त्यसमा तथ्यलाई ध्यानमा राखिएको थिएन ।
त्यसमा भएका सबै गलत कुराका कारण प्रधानाध्यापक उनको विरुद्धमा थिए । उनका बाबुआमासमेत कठघरामा उभिनुपरेको थियो । यस्तोमा जोनका आमाबुवाले उनीमाथि विश्वास देखाए र आफ्नो गल्तीलाई ठिक गर्न र आफूलाई उत्कृष्त प्रमाणित गर्न भने । उनले भने, ‘आमाबुवाको विश्वासले मलाई मेहनत गर्नका लागि प्रेरित गर्यो ।’
मामा होपकी संस्थापक नायलाकी आमाले पैसाको मूल्य सिकाइन्
मार्गोटले एक सफल उद्यमी नायला रोजर्सको कहानी सुनाउने गर्थिन् । उनी हाइस्कूलमा हुँदा आफ्ना फ्रेन्च कक्षाका साथीसँग उनलाई ट्रिपमा जानु थियो । उनकी आमाले उनलाई आधा पैसा दिइन् र बाँकी आफैँ कमाउन भनिन् । नायलाले यसका लागि बच्चाको हेरविचार गरिन्, ऋण चुकाइन्, स्विमिङ सिकाइन्, डाटा एन्ट्रीको काम गरिन् र ट्रिपमा जानका लागि बाँकी पैसा जुटाइन् ।
नायला भन्छिन्, ‘म १५–१५ घण्टा काम गर्ने गर्दथेँ । गर्मी सिद्धिदै गर्दा मसँग धेरै पैसा थिए । यो म उद्यमी बन्नुको सुरुवात थियो ।’ पछि उनले मामा होप संस्था सुरु गरिन् जसले विश्वभरी सामुदायिक संगठनलाई रकम उपलब्ध गराउँछ ।
आमाले निर्देशक जोनको रुचीलाई बाल्यकालमा नै चिनिन्, दिशा दिइन्
क्रेजी रिच एशियन्सजस्ता सुपरहिट फिल्मका निर्देशक जोनलाई पढ्न मन नै लाग्दैनथ्यो । एक दिन उनकी आमाले उनी आफ्नो स्कूलको होमवर्क गर्न छोडेर भिडियो हेरिरहेको देखिन् । उनकी आमा त्यो देखेर असाध्यै रोइन् र भोलिपल्ट फिल्म मेकिङको किताब ल्याएर दिइन् । उनले किताब दिँदै भनिन्, ‘जे गर, राम्रो गर’ । जोनको परिवारले रेष्टुरेन्ट चलाउँथ्यो ।
मार्गट भन्छिन्, ‘उद्यमीको लक्ष्य कहिले पनि धनी बन्नु रहेन । उनीहरु केही राम्रो गर्न चाहन्थे, केही नयाँ बन्न चाहन्थे । यस्ता बच्चालाई अभिभावकले बुझ्दथे, जुन काम बच्चालाई मन पर्दैन, त्यो लामो समयसम्म गर्न सक्दैनन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार
-
सुपर–४ चरणमा आज श्रीलङ्कासँग भिड्दै नेपाल
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार