राजा फर्काउन नारायणहिटीमा धर्ना
बुधबार, ०८ भदौ २०७९, १४ : ५०
राजसंस्था पुनःस्थापनाको लागि शाही युवा शक्ति नेपालले आगामी भदौ १५ गते वृहत् धर्ना कार्यक्रम गर्ने भएको छ । बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन पूर्वराजा ज्ञानेन्द्र शाहलाई तेस्रोपटक राजा बनाउने उद्देश्यले नारायणहिटी दरबार स्व.महेन्द्र शाहको सालिक अगाडी धर्ना कार्यक्रमको आयोजना गरिएको जानकारी दिइएको हो ।
पत्रकार सम्मेलन बोल्दै शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्काले जनताहरू पहिला जस्तो गणतन्त्रमा अहिले खुसी नभएको दाबी गरे । उनले अहिलेको व्यवस्था गणतन्त्र फाल्न शाही युवा शक्ति नेपालले विभिन्न कार्यक्रम गर्दै आएको बताए । ज्ञानेन्द्रलाई तेस्रोपटक राजा घोषणा गर्न कञ्जुस्याइँ गर्न नहुने र सबै नागरिक देशको झण्डा बोकेर सडकमा आउनुपर्नेमा उनले जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगद्वारा अन्तरिम प्रतिवेदन पेश
-
सल्यानमा दिदी बहिनी घरभित्रै मृत भेटिए
-
अवरुद्ध पूर्व–पश्चिम राजमार्गको दाउन्ने खण्ड एकतर्फी सञ्चालन
-
फ्लोरिडामा जेट ब्लुको विमानको ल्यान्डिङ गियरमा भेटियो २ शव
-
दुर्घटनामा ३ जनाको मृत्यु
-
पूर्व–पश्चिम राजमार्गको दाउन्ने खण्ड एकतर्फी सञ्चालनमा