कपिलवस्तुमा थपिए आठ हजार नौ सय मतदाता

कपिलवस्तुमा आगामी मङ्सिर ४ मा हुने निर्वाचनका लागि आठ हजार नौ सय ३७ मतदाता थपिएका छन् । प्रारम्भिक विवरणअनुसार जिल्लामा कूल तीन लाख ८२ हजार ३७ मतदाता छन् ।
जसमा पुरुष दुई लाख चार हजार ३४ र महिला एक लाख ७७ हजार नौ सय ३१ छन् । यस्तै, अन्य दुई जना छन् । गत स्थानीय निर्वाचनमा जिल्लामा कूल दुई लाख ७३ हजार एक सय मतदाता थिए । आउने मङ्सिर ३ गतेभित्र १८ वर्ष पूरा भई मतदातामा संलग्न हुने मतदाताको सङ्ख्या भने बाँकी रहेको छ । जिल्ला निर्वाचन कार्यालयद्वारा आयोजित मतदाता नामावली अद्यावधिक–दाबी विरोध २०७९ सम्बन्धी सरोकारवालासँग गरिएको अन्तक्र्रिया कार्यक्रममा सो जानकारी दिइएको हो ।
प्रारम्भिक विवरणअनुसार जिल्लाको मतदाता सङ्ख्या तीन लाख ८२ हजार ३७ रहेको र अन्तिम विवरण मङ्गलबार साँझसम्म आउने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यही भदौ १३ देखि १९ भदौसम्म मतदाताको त्रुटि सच्याउने, दोहोरोपन र मृत्यु भएकाको नामावली हटाउनेलगायतका काम हुने भएकाले सम्बन्धित दर्ता अधिकारीकोमा समय मै निवेदन दिन आग्रह गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत–पाकिस्तान ‘तनाव’ कम गर्न नेपालले खेल्न सक्छ यस्तो भूमिका
-
पोखरा स्पोर्टस् अवार्ड : अरूणा र विश्वास वर्ष उत्कृष्ट खेलाडी घोषित
-
‘सरकारले मानव अधिकार उलङ्घन गरिरहेको छ’
-
सर्च कमिटीले ३० जनाको लियो अन्तर्वार्ता, बैठक बसेर थप निर्णय गरिने
-
प्रवासी नेपालीहरूलाई सावधानी अपनाउन नेपाली समाज भारतको आग्रह
-
बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु