शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

काठमाडौं उपत्यकामा थप २५ हजार सीसीटीभी आवश्यक छ– आईजीपी सिंह

बुधबार, ०८ भदौ २०७९, १४ : ३३
बुधबार, ०८ भदौ २०७९

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले काठमाडौं उपत्यकामा थप २५ हजार सीसीटीभी आवश्यक रहेको बताएका छन् । प्रहरी प्रशिक्षण प्रतिष्ठानमा बुधवार आयोजित उपत्यका स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा बोल्दै आइजीपी सिंहले भने– ‘अहिले उपत्यका प्रहरी कार्यालय मातहत ५ हजार मात्र सीसीटीभी छ, अपराध अनुसन्धान गर्न त्यो अपुग छ ।’

अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन उपत्यकामा २५ हजार क्लोज सर्किट टेलिभिजन (सीसीटीभी) थप्नुपर्ने आइजीपी सिंहले बताए । आर्थिक अपराध र साइबरसँग सम्बन्धित अपराध बढेको जानकारी दिँदै प्रहरी प्रमुख सिंहले भने–‘साइबर सम्बन्धी मुद्दा काठमाडौंको अदालतमा मात्र सुनुवाई हुने हुनाले पीडित मर्कामा परेका छन् ।’

दार्चुला र ताप्लेजुङमा साइबरबाट पीडित भएकाहरु पनि न्यायिक प्रक्रियामा काठमाडौं आउनुपर्ने हुनाले समस्या सिर्जना भएको सिंहले बताए । महान्यायाधिवक्ता खम्मबहादुर खातीले सो समस्या समाधान गर्न ७७ वटै जिल्ला अदालतमा साइबर अपराध विरुद्धको मुद्दा दर्ता गर्नेगरी ऐन संशोधन गरिने बताए ।

अनुसन्धान अधिकृतहरु आफ्नो अधिकार प्रयोग गर्न हिच्किचाउन पर्ने र जाहेरी आउनासाथ आरोपी पक्राउ गर्नुपर्ने बाध्यात्मक अवस्थामा रहेको आइजीपी सिंहले बताए । उनले प्रश्न गरे–‘यस्तो अवस्था किन आइरहेको छ ?’
आइजीपी सिंहले निर्धक्क र निर्भय भएर अनुसन्धान गर्न निर्देशन दिँदै भने– ‘जनतालाई न्याय दिनका लागि आफ्नो अधिकार प्रयोग गर्न हिच्किचाउन पर्दैन ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप