सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

ग्लोकल टिन हिरोमा डिसहोमको पार्टरसिप

बुधबार, ०८ भदौ २०७९, १४ : १२
बुधबार, ०८ भदौ २०७९

नेपालभरका किशोरकिशोरीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर गर्दै उनीहरुको प्रतिभा र उत्साहलाई प्रेरित गर्न आयोजना गरिने  ग्लोकल टिन हिरो नेपालको आठौँ संस्करणमा डिशहोमले पार्टनरसिप गरेको छ ।

नेपाल भरबाट विभिन्न विधाबाट सहभागी ६ सय ४८ किशोरकिशोरीहरुले आवेदन दिएका मध्ये ६ जना प्रतिस्पर्धी ग्लोकल टिन हिरो २०२२ को फाइनलमा पुगेका छन्। सेप्टेम्बर १, २०२२ सोल्टी होटलमा हुने सम्मेलन र अवार्ड कार्यक्रम मार्फत ग्लोकल टिन हिरो २०२२ नेपाल बिजेताको नाम घोषणा गरिने जनाइएको छ ।

प्रतिस्पर्धामा आशिष शाह, विमर्ष पौडेल, दर्शना रिजाल, निश्चल सिंह विष्ट, राहुल रञ्जन शाह र सृजना गौतम रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप