सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

बेष्ट फाइनान्सले ल्यायो नयाँ बचत योजना

बुधबार, ०८ भदौ २०७९, १३ : ५४
बुधबार, ०८ भदौ २०७९

काठमाडौँको कमलादीमा केन्द्रीय कार्यालय रहेको बेष्ट फाइनान्स कम्पनीले नयाँ मुद्दती बचत योजना सार्वजनिक गरेको छ । बचत डबल गर्ने की तेब्बर भन्ने शीर्षकमा यो नयाँ योजना ल्याएको फाइनान्सले जनाएको छ । 
ग्राहकको रकमलाई सुरक्षित बचत गरी उच्च प्रतिफल दिने लक्ष्यका साथ ल्याइएको यो योजनामा साधारण मुद्दती बचत तर्फ ५ वर्ष ११ महिनामा राखेको रकमको डबल हुनेछ । त्यस्तै ९ वर्ष ५ महिनामा जम्मा गरेको रकमको तेब्बर हुने फाइनान्सले बताएको छ । 
फाइनान्सले रेमिट्यान्स मुद्दती बचतमा भने ५ वर्ष ७ महिनामा डबल र ८ वर्ष १० महिनामा तेब्बर हुनेछ ।  यो विशेष बचत योजनामा सहभागी हुने निक्षेपकर्ताले मोबाइल बैकिङ र एटिएम सेवा निःशुल्क पाउने फाइनान्सले जनाएको छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप