साउदीमा कार्यरत नेपालीले जिते बम्परमा कार
सिटी एक्सप्रेस मनी ट्रान्सफर नेपाल र साउदी अरबस्थित टेलिमनी बैंकको संयुक्त आयोजनामा सञ्चालन गरिएको ‘नेपाल पैसा पठाउनुहोस् र पुरस्कार जित्नुहोस्’ अफरका बम्पर विजेतालाई कार हस्तान्तरण गरिएको छ।
भदौ ३ गते साउदीस्थित टेलिमनी सेन्टरमा आयोजित कार्यक्रमका बिच बम्पर उपहार (निसान सन्नी) कार विजेतालाई पुरस्कार हस्तान्तरण गरिएको हो । महोत्तरीको राम गोपालपुर घर भइ हाल साउदीमा कार्यरत ३५ वर्षिय जम्सेद नदापलाई बम्पर पुरस्कार हस्तान्तरण गरिएको हो ।
जम्सेद विगत ६ बर्षदेखि साउदीमा काम गर्दै आइरहेका छन् । उक्त पुरस्कार हस्तान्तरण कार्यक्रममा नेपाली दूतावासका मिसन उपप्रमुख दिलिप कुमार पौडेल, सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन, टेलिमनी केन्द्र प्रमुखलगायतको उपस्थिति थियो ।
उपहार योजना नोभेम्बर १, २०२१ देखि ६ महिनाको लागि सन्चालन भएको थियो । सो उपहार योजना अन्तर्गत साउदीको टेलिमनी बैंक मार्फत नेपालमा सिटी एक्सप्रेसमा रेमिटान्स रकम पठाउँदा १५ जनाले सामसुङ मोबाइल फोन , तीन जनाले १० ग्राम सुन , तीन जनाले ५००० नगद साउदी रियाल , तीन जनाले आई फोन १३ प्रो माक्स र बम्परमा एक जनाले निसान सन्नी कार प्राप्त गरेका थिए । ती सबै पुरस्कारहरु २ / २ / २ महिना गरी ६ महिना सम्म विद्युतीय लक्की ड्रमार्फत घोषणा गरिएको थियो र अन्तिममा बम्पर उपहारको घोषणा गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि हिरासतमा सुतिरहेको भाइरल तस्बिर रास्वपा समर्थकले नै खिचेको खुलासा
-
चार बजे मन्त्रिपरिषद् बैठक
-
‘घुम्न जाऊँ बर्दिया’अभियान उद्घाटन
-
रियल म्याड्रिडले चुम्यो फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि
-
क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप ल्याइयो
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार