सिटिजन्स बैंकद्वारा लकर सेवा शुल्कमा विशेष छुट
बुधबार, ०८ भदौ २०७९, १२ : ०४
सिटिजन्स बैंक इन्टरनेसनलले महिलाहरुलाई लक्षित गर्दै हरितालिका तीज र भाद्र महिनामा पर्ने विभिन्न पर्वहरुको अवसरमा लकर सेवा शुल्कमा आकर्षक छुटहरुको योजना सार्वजनिक गरेको छ ।
जसअनुसार बैंकले भाद्र महिनाभर लकर शुल्कमा ७० प्रतिशत र लकर कि डिपोजिटमा ५० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । यस्ता छुटहरुको सुविधा ग्राहकहरुले सिटिजन्स बैंकको लकर सेवा उपलब्ध हुने जुन कुनै शाखाहरूबाट पनि प्राप्त गर्न सक्नेछन् ।
यस सुविधा बापत ग्राहकहरुले आफ्ना अमूल्य गर गहना, रत्न, वित्तीय वा कानुनी कागजात, महत्वपूर्ण प्रमाण पत्रहरू सुपथ शुल्कमा सुरक्षित तवरले बैंकको लकरमा राख्न सक्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी