मापसे गरेर सवारी चलाएकोमा न्यान्सी पेलोसीका पतिलाई जेल सजाय

अमेरिकाको प्रतिनिधि सभाकी अध्यक्ष न्यान्सी पेलोसीका पति मादक पदार्थ सेवन गरेर गाडी चलाएको आरोपमा दोषी पाइएका छन् । उनलाई पाँच दिनको जेल सजाय समेत सुनाइएको छ ।
पल पेलोसीले सन् २०२२ को मेमा आफूले मादक पदार्थ सेवन गरेर गाडी बताउँदै त्यसको कारण गाडी दुर्घटनाको शिकार बनेको पनि स्वीकार गरेका छन् । यद्यपि, पेलोसीलाई यस मामिलामा गम्भीर आरोपबाट मुक्त गरिएको छ । ८२ वर्षीय पल जेलमा भने बस्नुपर्ने छैन ।
दुर्घटनाको राति अर्थात् २०२२ मे २८ का दिन उनी हिरासतमा बसेका थिए जसलाई अदालतले दुई दिनको कैद मानेको छ । यसको साथै उनको राम्रो व्यवहारलाई मध्यनजर गर्दै उनको दुई दिनको सजाय माफ गरेको छ भने एक दिनको सजाय अनुरूपले उनले ८ घण्टा सामुदायिक सेवामा बिताउनुपर्नेछ ।
पल र न्यान्सी पेलोसबीच सन् १९६३ मा विवाह भएको थियो । मंगलबारको सुनुवाइमा पल आफै अदालतमा उपस्थित भएका थिए ।
बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरूण कपको उपाधि घतान र अन्नपूर्णलाई
-
गण्डकीले खारेज गर्यो दुग्ध विकास बोर्ड, विज्ञान प्रविधि प्रतिष्ठान र ताल प्राधिकरण
-
उपल्लो मुस्ताङको उच्च लेकमा हिमपात
-
प्रधानन्यायाधीश प्रकाशमानिसंह राउतद्वारा महादेव गुफाको अवलोकन
-
बालेनलाई शंकरको जवाफ : कार्यकारी अधिकृत किन जान मानेका छैनन भन्नेमा ध्यान पुगेन
-
१० बजे १० समाचार : जसपा र लोसपालाई अध्यादेशमा मनाउने प्रयास, कांग्रेस र एमालेमा महाधिवेशनको चर्चा