बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

समानुपातिक मतगणनाः ६१ हजार मतले कांग्रेस पछाडि

शनिबार, ०१ पुस २०७४, १२ : २२
शनिबार, ०१ पुस २०७४

काठमाडौं–समानुपातिक मतगणनामा नेपाली कांग्रेस एमालेभन्दा ६१२ हजार मतले पछि  परेको छ । शनिबार बिहानसम्मको  मतगणना अनुसार एमाले भन्दा कांग्रेस ६१ हजार ८७२ मतले पछि परेको हो । 

पछिल्लो मतगणना अनुसार पहिलो स्थानमा रहेको नेकपा एमालेले  ३१ लाख ३३ हजार ६६ मत ल्याएको छ भने दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ३० लाख ७१ हजार १९४ मत ल्याएको छ । 

यसैगरी   एमाले र कांग्रेसको तुलनामा  नेकपा माओवादी केन्द्रले निकै मत ल्याएर तेस्रो बनेका छ । माओवादी केन्द्रले १२  लाख ७४ हजा  ७५१ मत ल्याएको छ । 

यस्तै चौथो स्थानमा रहेको संघीय समाजवादी फोरमले ४ लाख ५९ हजार ८४४ मत ल्याएको छ  भने पाँचौ स्थानमा रहेको राजपा नेपालले ४ लाख ४७ हजार ९८१ मत ल्याएको छ ।  

यी ५ दलले थ्रेस होल्ड कटाउँदै राष्ट्रिय दलको मान्यता पाउन भएका छन् ।  संवैधानिक व्यवस्था अनुसार  प्रत्यक्षमा कम्तीमा १ सिट र समानुपातिकमा ३ प्रतिशत अर्थात थ्रेसहोल्ड कटाउने दलले मात्रै राष्ट्रिय दलको मान्यता पाउँछन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप