सोमबार, २९ पुस २०८१
ताजा लोकप्रिय

खप्तड लघुवित्तको आईपीओ खुल्यो, भदौ १२ गतेसम्म आवेदन दिन सकिने

बुधबार, ०८ भदौ २०७९, ११ : २५
बुधबार, ०८ भदौ २०७९

आजदेखि खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको प्राथमिक सेयर (आईपीओ) बिक्री खुल्ला भएको छ । कम्पनीले बुधबारदेखि कुल चुक्ता पुँजीको ३३ प्रतिशत अर्थात् १ करोड ३२ लाख लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता सेयर जारी गरेको हो । 

प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल सेयर मध्ये ०.५ प्रतिशत अर्थात् २ हजार कित्ता संस्थाको कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात् ६ हजार ६०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरेर बाँकी रहेको १ लाख २३ हजार ४०० कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुल्ला गरिएको छ । 

इच्छुक खरिदकर्ताहरुले छिटोमा भदौ १२ गतेसम्म र ढिलामा भदौ २२ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले इक्रा नेपाल लिमिटेडबाट डबल बी माइनसको रेटिङ्ग पाएको छ । 
कम्पनीको सेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप