बाबु–छोरीको कृति एकैसाथ लोकार्पण
गायिका तथा गीतकार अनिला राई एकसाथ दुई कृति लिएर आएकी छन् । गायिका अनिलाले गीति एल्बम ‘एन्जेलिना’ र गीति पुस्तक ‘योद्धा, पपी फूल र म’ लिएर आएकी हुन् । राजधानीमा एक समारोहबीच तीन कृतिको एकसाथ लोकार्पण गरिएको हो । गायिका बर्थ–डे केक काटेर सुरु गरिएको कार्यक्रममा अनिलाको गीति एल्बम ‘एन्जेलिना’, गीति पुस्तक ‘योद्धा, पपी फूल र म’ तथा कविता संग्रह ‘अक्षरको ऐना’ सार्वजनिक गरिएको हो ।
‘अक्षरको ऐना’ गायिका अनिलाका बुबा गंगा राईले लेखेका हुन् । बाबु–छोरीको कृति प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ अमर गिरि, वरिष्ठ कवि भूपाल राई लगायतले संयुक्त रुपमा लोकार्पण गरे । सार्वजनिक गरिएको ‘एन्जेलिना’ अनिलाको सातौँ एल्बम हो । गीति पुस्तक भने उनको पहिलो हो । एल्बम ‘एन्जेलिना’ मा नौ वटा गीत छन् । जसमा अनिलाको एकल शब्द छ । जसमा ‘धाराको पानी’, ‘प्यारी छोरी’, पपी फूल’, ‘बेलायतको उत्तरी भेग’, ‘आमा’, ‘ढिँडो र सिस्नु’, ‘पठाउँदै छ युद्ध भूमि’, ‘साकेला’ र ‘चिसो चिसो मौसम छ’ बोलका गीत रहेका छन् ।
यी गीतहरूमा सात वटामा अनिलाको एकल स्वर रहेको छ भने ‘धाराको पानी’ र ‘चिसो चिसो मौसम छ’ मा गायक रोशन राईले स्वरमा साथ दिएका छन् । ‘प्यारी छोरी’, पपी फूल’, ‘बेलायतको उत्तरी भेग’, ‘आमा’ र ‘पठाउँदै छ युद्ध भूमि’ गीतमा शान्तिराम राईको संगीत रहेको छ । यस्तै, ‘धाराको पानी’ बोलको गीतमा संगीत रोशन राईले गरेका हुन् ।
यस्तै, ‘ढिँडो र सिस्नु’ मा डाक्टर किरात र ‘साकेला’ मा जसिहाङ राई र ‘चिसो चिसो मौसम छ’ मा सचिन सिंहको संगीत रहेको छ । गीति पुस्तक ‘योद्धा, पपी फूल र म’ एक सय १२ वटा गीत संग्रहित छन्, जसमध्ये नौ वटा गीत रेकर्ड गरिएको हो ।
यस्तै, सार्वजनिक गरिएको गंगारामको कविता संग्रह ‘अक्षरको ऐना’ मा २४ कविता रहेका छन् । कार्यक्रममा तीन वटा गीतको भिडियो सार्वजनिक गरिएको थियो । ‘धाराको पानी’, ‘प्यारी छोरी’ र ‘आमा’ को गीतको भिडियो कार्यक्रममा प्रिमियर गरिएको थियो ।
‘धाराको पानी’ गीतको भिडियोलाई कमल राईले गरेका हुन् । भिडियोमा योगेन्द्र राई र उपशना नेम्बाङले अभिनय गरेका छन् । यस्तै, ‘प्यारी छोरी’ गीतको भिडियोमा गायिका अनिला र उनकी छोरी एन्जेलिना नै फिचरिङ छन् भने ‘आमा’ मा अनिला, उनकी आमा सत्यवती र एन्जेलिना राईले अभिनय गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना, तराईमा हुस्सु
-
अमेरिकी डलर, युरो, पाउण्ड, अष्ट्रेलियन डलरको भाउ बढ्यो, कसको कति ?
-
च्याम्पियन्स लिग : इन्टरको शीर्षता कायमै, बार्सिलोनाले उछिन्न सक्ने
-
च्याम्पियन्स लिगमा आर्सनलको अघिल्लो यात्रा सहज
-
फेयेनुर्डले अंक खोस्दा पेप ग्वार्डिवलाको म्यान्सिटीलाई कष्ट
-
लेवान्डोस्की चम्किएपछि बार्सिलोनाले उठायो घरेलु मैदानको फाइदा